Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ २२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सामान्यतया देशभरको मौसम सफा रहने, तराईका केही स्थानमा बिहानैदेखि हुस्सु

- shuvadmin / बिहिबार, मङि्सर २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सामान्यतया देशभरको मौसम सफा रहने विभागले बताएको छ ।

आज (बिहीबार) बिहान तराईका केही स्थानमा हुस्सु लागेको छ । ‘कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

साथै तराईका केही स्थानमा हुस्सु लागेको छ,’ विभागले आज बिहान जारी गरेको सूचनामा भनिएको छ ।

विभागका अनुसार आज (बिहीबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

Page Views: 75
संबन्धित शिर्षकहरु
काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
ताजा अपडेट
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने
  • आज राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाइँदै
  • सुनचाँदीकाे मूल्य घट्याे
  • पहिराेका कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध
  • विनासकारी बाढीमा परेका १ हजार ३३१ जनाको शव फेला
  • गाेरखामा बाढीले चार घर र एक पुल बगायाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama