Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तेस्रो खेलमा कर्णालीको पहिलो जीत, चितवनको विजयी यात्रा टुङ्गियो

- shuvadmin / शुक्रबार, मङि्सर २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एनपीएलमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको हो । पहिलो दुई खेलमा पराजित भएको कर्णालीको यो पहिलो जीत हो भने लगातार दुई खेल जितेको चितवनको यो पहिलो हार हो ।

चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । कर्णालीका लागि ओपनर शिखर धवनले ४५ रन बनाए । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

च्याडविक वाल्टनले ३० रनको योगदान गरे । ओपनर देव खनालले २५ रन जोडे । जिशन मक्सुदले १२ रन बनाए ।

चितवनका लागि रवि बोपरा, कुशल मल्ल र जान निकोल लोफ्टी इटनले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले अविजित ५८ रन बनाए । उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन ९ , दीपक बोहरा ८ र लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए ।

शरद भेषावकर ६ रनमा अविजित रहे । चितवनका लागि विपिन रावलले ११ र दीपक बोहराले ८ रन बनाउँदा लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए ।

कर्णालीका लागि विपिन शर्माले ३, जिशान मक्सुदले २ तथा नन्दन यादव, र सोमपाल कामीले १–१ विकेट लिए ।

अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

Page Views: 54
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama