Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मिथिलामा सीताराम विवाह सम्पन्न, आज ५६ व्यञ्जन खुवाएर अयोध्याको जन्तीलाई विदाई गरिने

- shuvadmin / शनिबार, मङि्सर २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, सीताराम विवाह पञ्चमी अन्तर्गत शुक्रवार राति जानकी मन्दिरमा बनाइएको भव्य सुसज्जित विवाह मण्डपमा भगवान श्रीराम र माता सीताबीच विवाह गराइएको छ ।

त्रेताकालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा प्रत्येक वर्षझै यस शवर्ष पनि वैवाहिक समारोह मनाइयो ।

वैवाहिक समारोह हेर्न लाखौं श्रद्धालु, साधुसन्त र भक्तजनहरू उपस्थित थिए । यसवर्ष भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट करिब पाँच सयको संख्यामा जन्ती समेत आएका थिए ।

साताव्यापी विवाह पञ्चमी अन्तर्गत शुक्रवार दिउँसो स्वयंमवर र राति विवाह सकेपछि आज रामकलेवा विधि गरिदैछ । यस अवसरमा जानकी मन्दिरमा विशेष भण्डारा आयोजना हुन्छ ।

अयोध्याबाट आएका जन्ती र साधुसन्तलाई ५६ व्यञ्जन खुवाएर विदाई गरिन्छ । उनीहरुलाई दोसल्ला, कमन्डल र नगद दक्षिणा दिएर सम्मानपूर्वक बिदा गर्ने परम्परा छ । जसलाई ‘रामकलेवा’भनिन्छ ।

विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै विधिवत समापन हुनेछ ।

श्रद्धालुलाई सास्ती

वैवाहिक गीतसंगित तथा भगवान श्रीराम र सीताबीचको विवाह हेरेर श्रद्धालुहरु रात विताए । अत्यधिक भीडका कारण टाढाबाट आएका कैयौं श्रद्धालुहरु जानकी मन्दिरमा प्रवेश नै पाएनन् ।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि व्यबस्थापनि फितलो देखियो । बास र खानाको व्यवस्थापन प्रदेश सरकारले गरेको थियो ।

तर, सोचेभन्दा बढी श्रद्धालुहरु आएकाले जनकपुरधाम अस्तव्यस्त बन्यो । कैयौं श्रद्धालुहरु सडकमा रात विताउन बाध्य भए ।

Page Views: 72
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama