Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलमा कर्णालीको लगातार तेस्रो जीत, पोखरालाई ७ विकेटले हरायो

- shuvadmin / मङ्गलबार, मङि्सर २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लगातार तेस्रो जीत निकालेको छ ।

मंगलबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै कर्णालीले तेस्रो जीत निकालेको हो ।

पोखराले दिएको १ सय ४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि युवा अलराउन्डर गुलशनकुमार झाले ३७ बलमा तीन चौका र चार छक्कासहित अविजित ४९ रन बनाए ।

यस्तै, चाडविक वाल्टनले ३४ बलमा ६ चौका र एक छक्कासहित ४२ रनको योगदान दिए ।

पोखराका लागि विपिन खत्री, कप्तान कुशल भुर्तेल र सागर ढकालले एकरएक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमै अलआउट भयो ।

उसका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमन रेफरले २० तथा कुशल भुर्तेल र विपिन खत्रीले १०र१० रन जोडे ।

कर्णालीका लागि अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले सानदार बलिङ गरे । उनले ६ ओभरमा २८ रन दिएर ६ विकेट लिए ।

योसँगै बोसिस्टोले इतिहास रचे । उनी अब एनपीएलको एक खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । यस्तै, उनिश ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एकरएक विकेट लिए ।

कर्णाली यो जीतपछि तालिकाको चौथो स्थानमा छ । उसले पाँच म्याच खेल्दा तीनमा जीत र दुई खेलमा हारको सामना गरेको छ ।

पोखराले चार म्याच खेल्दा तीनमा हार तथा एक खेलमा जीत निकालेको छ ।

Page Views: 67
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama