Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलमा लुम्बिनीको अन्तिम खेल आज कर्णालीसँग, दिउँसो विराटनगर र चितवन भिड्ने

- shuvadmin / शुक्रबार, मङि्सर २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार (आज) पनि दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा एनपीएलको प्लअफबाट बाहिरिसकेको लुम्बिनी लायन्सले आफ्नो अन्तिम खेल कर्णाली याक्ससँग खेल्दै छ।

लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा हुनेछ भने कर्णालीले प्लेअफमा पुग्ने बाटो सहज बनाउन आजको खेल जित्नैपर्ने हुन्छ।

लुम्बिनीसँग पराजित भएमा भने कर्णालीको प्लेअफ यात्रा अन्य टोलीको नतिजामा निर्भर रहन्छ।

५ खेलबाट ६ अंक बनाएर चौथो स्थानमा रहेको कर्णाली ८ अंकसहित शीर्ष चारमा बलियो पकड बनाउन चाहन्छ।

जारी लिगमा अहिलेसम्म लुम्बिनी मात्र लिगबाट बाहिरिएको छ।

जनकपुरले अन्तिम चारमा स्थान बनाइसकेकाले बाँकी तीन स्थानका लागि ५ टोलीबीच प्रतिस्पर्धा चलिरहेको छ।

५ खेल हारिसकेको विराटनगर पनि प्लेअफमा पुग्न अझै चामत्कारिक नतिजाको पर्खाइमा छ। यसका लागि उसलाई बाँकी चारै टोली हारे पनि पुग्दैन, रनरेटमा समेत बलियो सुधार आवश्यक छ।

दिउँसो १ बजे हुने आजको दोस्रो खेलमा चितवन र विराटनगर भिड्दै छन्।

यो खेल हारे विराटनगर औपचारिक रूपमा लिगबाट बाहिरिनेछ। विराटनगरले अबका दुवै खेल जित्दा पनि ६ अंक मात्रै हुन्छ।

तर चितवनसँग अन्तिम दुई खेलअघि नै ६ अंक छ। रनरेटमा समेत अगाडि रहँदै ऊ तालिकाको शीर्ष ३ मा छ।

पहिलो खेलमा कर्णाली र दोस्रो खेलमा चितवन विजयी भएमा अन्तिम चारमा पुग्ने भिडन्त थप पछि धकेलिनेछ।

तर अघिल्लो खेलमा लुम्बिनी र यो खेलमा विराटनगर विजयी भए सुदूरपश्चिमलाई सहज हुनेछ।

अब लुम्बिनी र जनकपुरबाहेक सबै टोलीले छैटौँ खेल खेल्दै छन्। अहिलेसम्म पनि ८ अंकबाट शीर्ष चार तय हुने कि ६ अंकबाटै भन्ने निश्चित भइसकेको छैन।

दाबेदार टोलीले आआफ्ना खेल जित्दै गए नेट रनरेटका आधारमा मात्रै शीर्ष चारका टोली छानिने अवस्था बन्दै गएको छ।

यस्तो छ अंक तालिका

जारी पहिलो संस्करणको एनपीएलमा पाँच खेलमा जित र एक खेलमा हार भोग्दै १० अंक बनाएको जनकपुर बोल्ट्स प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

तर, जनकपुर शीर्ष २ मै रहेर क्वालिफायर्स खेल्ने कुरा भने निश्चित भइसकेको छैन। यसको छिनोफानो अन्तिम चरणका खेलबाट मात्रै हुन सक्ने अवस्था छ।

जनकपुरभन्दा एक खेल कम खेलेको सुदूरपश्चिम रोयल्स चार खेलमा जित र एक खेलमा हार भोग्दै ८ अंकमा दोस्रो स्थानमा छ।

समान खेल र उस्तै नतिजा निकालेका चितवन राइनोज र कर्णाली याक्सको समान ६ अंक छ। तर, नेट रनरेटमा अघि रहँदै चितवन अंक तालिकाको तेस्रो र कर्णाली चौथो स्थानमा छन्।

पाचौँ र छैटौँ स्थानमा रहेका काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सको समान ४ अंक छ।

कर्णाली र चितवनले अबका दुई खेलमा हार भोगे र काठमान्डु र पोखराले जित निकाल्दै नेट रनरेटमा अघि रहे यी दुई टोलीको प्लेअफ पुग्ने सम्भावना पनि उत्तिकै छ।

यी दुई टोलीले २ खेलमा जित हासिल गरेका छन् भने ३ खेल हारेका छन्। प्लेअफ दौडबाट बाहिरिएको लुम्बिनी ५ खेलमा हार र १ खेलमा जित गर्दै २ अंकसहित सातौँ स्थानमा छ।

लुम्बिनीभन्दा एक खेल कम खेलेको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ।

Page Views: 69
संबन्धित शिर्षकहरु
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
बेलिङ्घम चम्किए, १० खेलाडीमा सीमित इंग्ल्यान्डले मेक्सिकोलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गर्‍यो
स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा प्रवेश
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama