Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलमा चितवनविरुद्ध विराटनगरको सानदार जीत, प्लेअफ सम्भावना जीवितै

- shuvadmin / शुक्रबार, मङि्सर २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, विराटनगर किंग्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जीत निकालेको छ । विराटनगरले दोस्रो जीत निकाल्नेक्रममा शुक्रबार चितवन राइनोजलाई ५१ रनले हरायो ।

चितवनले भने आजको खेलमा खराब ब्याटिङ गर्‍यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो ।

उसका लागि अमर रौटेलाले ४२, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडे ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले दुई, सुवास भण्डारी, लोकेश बम, बसिर अहमद र क्रिस सोलले एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।

उसका लागि युवा अलराउन्डर बसिर अहमदले उत्कृष्ट पारी खेले । ४४ बलको सामना गरेका उनले चार छक्का र चार चौकासहित अविजित ६८ रनको पारी खेलेका हुन् ।

यस्तै, मार्टिन गप्टिलले ३५ बलमा चार छक्का र एक चौकासहित ४५ रन जोडे । त्यस्तै, राजेश पुलामी मगरले २० बलमा तीन छक्का र एक चौकाको मद्दतमा अविजित ३३ रनको आक्रामक पारी खेले ।

यस खेलमा बसिर र राजेशले उत्कृष्ट फिनिसिङ गरे । उनीहरूबीच अन्तिम ६ ओभरमा ८१ रनको साझेदारी साझेदारी बन्यो ।

चितवनका लागि रिजन ढकालले दुई, सोहेल तनवीर, बसिल हमीद र कुशल मल्लले एक/एक विकेट लिए ।

यो जितपछि विराटनगर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । फराकिलो जितपछि विराटनगरले प्लेअफ सम्भावना पनि जीवितै राखेको छ ।

विराटनगरले ६ म्याच खेल्दा चारमा हार तथा दुई खेलमा जीत निकालेको छ । यस्तै, चितवनले ६ म्याच खेल्दासम्म तीनमा जीत र तीन खेलमा हारको सामना गरेको छ ।

प्लेअफ सम्भावना बलियो बनाउन चितवन पनि जित्नैपर्ने दबाबमा छ । ऊ अहिले ६ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

Page Views: 59
संबन्धित शिर्षकहरु
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
बेलिङ्घम चम्किए, १० खेलाडीमा सीमित इंग्ल्यान्डले मेक्सिकोलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गर्‍यो
स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा प्रवेश
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama