Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रतिष्ठाको लडाइँमा विराटनगर, भारी अन्तरले हराउने लक्ष्यमा काठमान्डू

- shuvadmin / आइतबार, मङि्सर ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार) पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल बिहान ९ बजे विराटनगर किङ्ग्स र काठमान्डु गुर्खाजबीच हुनेछ भने दिउँसो १ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

विराटनगर र काठमान्डु दुवै टोलीका लागि यो समूह चरणको अन्तिम खेल हो । यसअघिका ६ मध्ये काठमान्डु तीन खेलमा विजयी भएको छ । विराटनगरले भने दुई खेलमात्र जितेको छ ।

काठमान्डुका लागि आजको खेल महत्वपूर्ण छ । यो खेल जितेको खण्डमा उ प्लेअफमा पुग्न सक्नेछ । तर, त्यसका लागि अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । विराटनगरलाई भारी अन्तरले हराएको खण्डमा काठमान्डु प्लेअफमा जानेछ ।

यता विराटनगर भने पहिलो चरणबाटै बाहिरिइसकेको छ । यसर्थ उसका लागि आजको खेल केवल प्रतिष्ठाको लडाइँ हुनेछ । आजको खेल जितेर विराटनगर प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।

काठमान्डुको कप्तानी करण केसीले तथा विराटनगरेको सन्दीप लामिछानेले गर्नेछन् ।

प्रतियोगिताबाट बाहिरिइसकेको पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो ।

यो टोली चार खेलमा विजयी भएको छ । आजको खेल जितेमा उ प्लेअफमा पुग्नेछ । सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले तथा पोखराले कुशल भुर्तेलले गर्दैछन् ।

आठ टोली सम्मिलित प्रतियोगितामा चार टोलीले प्लेअफ स्थान सुरक्षित गर्नेछन् । जनकपुर बोल्ट्स प्लेअफमा पुगिसकेको छ । अब तीन स्थानमा लागि भिडन्त भइरहेको हो ।

Page Views: 60
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama