Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्व हिन्दू महासंघमा भण्डारी अध्यक्ष निर्वाचित

- shuvadmin / मङ्गलबार, पुष ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको ११ओैं महासम्मेलन एवम् महासभा बैठकले अध्यक्षमा अस्मिता भण्डारीलाई सर्वसम्मतरुपमा चयन गरेको छ ।

यसअघि कार्यवाहक अध्यक्षका रुपमा कार्यरत भण्डारीलाई महासम्मेलनले अध्यक्ष निर्वाचित गरेको हो।

अध्यक्ष पदमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। त्यसपछि निर्वाचन समितिले सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेको थियो ।

सम्मेलनमा विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेशलगायतका प्रतिनिधि सहभागी थिए।

महासंघ अन्तर्राष्ट्रियको विधानअनुसार अन्तर्राष्ट्रिय अध्यक्षको निर्वाचनका लागि उच्च अदालत पाटनका पूर्वमुख्य न्यायाधीश शम्भुबहादुर खड्काको संयाजकत्वमा अधिवक्ता सुशीला ढकाल र भारतबाट अधिवक्ता रामनारायण चौधरीको निर्वाचन समिति गठन भएको थियो।

विगतमा पत्रकारिता गरेकी भण्डारी साहित्यकारसमेत हुन्। उनी महासंघमा लामो समयदेखि कार्यरत छिन्।

तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको प्रमुख संरक्षक जानकी मन्दिर जनकपुरधामका महन्त रामतपेश्वर दास बैष्णव थिए।

सम्मेलनलाई सहयोग पु¥याएकोमा महासंघले जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा नेपाल–भारतका सम्पूर्ण सन्तगण, निवर्तमान कार्यकारिणी समिति तथा सबै शुभेच्छुकलाई धन्यवाद दिएको छ।

विश्व हिन्दू महासंघको इतिहासमा महिलाले नेतृत्व गरेको यो पहिलो हो । महासम्मेलन २७–२९ मंसिरमा जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा भएको थियो।

Page Views: 98
संबन्धित शिर्षकहरु
इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama