Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नयाँ पार्टी खोल्ने तयारीमा जुटे भीम रावल

- shuvadmin / बिहिबार, पुष ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेको साधारण सदस्यबाट समेत निष्कासित भएका भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन्।

आफूमाथि केपी शर्मा ओली नेतृत्वको एमालेले कारबाही गरेपछि उनले नयाँ पार्टी बनाउने विषयमा आफू निकटका नेताहरूसँग छलफल सुरु गरेका हुन्।

नयाँ पार्टी खोल्ने र एमालेले आफूमाथि गरेको कारबाहीको विषयमा रावलले छिट्टै पत्रकार सम्मेलन आयोजना गर्ने तयारी पनि गरेका छन्।

तर, नयाँ दलको घोषणा गर्नअघि उनले देशका केही स्थानमा कार्यकर्तालाई भेट्न जाने योजना बनाएका छन्।

‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ। त्यसपछि देशव्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो।

रावल निकट स्रोतका अनुसार माधव नेपालको नेकपा एकीकृत समाजवादीले पनि रावललाई पार्टीमा आउन आग्रह गरिरहेको छ। तर, त्यो विषयमा रावलले उति चासो देखाएका छैनन्।

दशौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएर एमालेले बुधबारको सचिवालय बैठकबाट रावललाई निस्कासन गरेको छ।

दसौँ महाधिवेशनमा रावलले ओलीविरुद्ध उम्मेदवारी दिएका थिए। तर उनी ओलीसँग पराजित बनेका थिए।

एमालेबाट आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रन भीम रावलले आफू पक्षका कार्यकर्तालाई अपिल गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजेका हुन्।

‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका छन् ।

रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई ओलीको सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही निर्णय भन्दै आएका छन्।

Page Views: 90
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama