Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

न्याय परिषद्को बैठकले गर्यो विशेष अदालतमा न्यायाधीश परिवर्तन

- shuvadmin / आइतबार, पुष १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, न्याय परिषद्को बैठकले विशेष अदालतमा न्यायाधीश परिवर्तन गरेको छ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको न्याय परिषद्को शुक्रबारको बैठकले न्यायाधीश खुशीप्रसाद थारुको सरुवा गरेको छ ।

बैठकले विशेष अदालतमा लामो समयदेखि रहेका थारुलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा गरिएको छ।

विशेषमा अहिले टेकनारायण कुँवरको नेतृत्वमा रहेको छ। विशेषमा कुँवरसहित पाँच जनाको टोली रहेको छ।

विशेषमा तेजनारायणसिंह राई, रामबहादुर थापा ,मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा सदस्य रहेका छन् । विशेषमा कम्तीमा दुई वटा इजलास गठन हुनेगरी ६ जना न्यायाधीशको दरबन्दी रहेको छ।

उनको स्थानमा विदूर कोइरालालाई तोक्न परिषद्ले सिफारिस गरेको हो । परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्नेछ ।

थारु विशेष अदालतमा मुख्य न्यायाधीश श्रीकान्त पौडेलको टिम हुँदादेखि कायम थिए । परिषद्ले यसपटक उनलाई सरुवा गरेर कोइरालालाई ल्याएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गर्ने भ्रष्टाचार मुद्दाहरू विशेषले सुनुवाइ गर्ने गर्दछ ।

विशेषले पछिल्लो समय निकै प्रशंसायोग्य काम गरिरहेको भनी प्रधानन्यायाधीशले नै तारिफ गर्दै आएका छन् ।

विशेषले पुराना मुद्दाहरू सकेको छ भने कम्तीमा ६ महिना पुराना मुद्दा मात्र बाँकी राखेको छ।

Page Views: 79
संबन्धित शिर्षकहरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
ताजा अपडेट
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama