Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देश भरका डेढ लाख होटेल रेस्टुरेन्टमा दुई खर्ब लगानी

- shuvadmin / बिहिबार, पुष १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मुलुकभर झन्डै डेढ लाख होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी रहेको छ ।

तथ्याङ्क दिवसका अवसर पारेर राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० मा मुलुकभर सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित एक लाख ४२ हजार २२३ प्रतिष्ठानमा दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबरको लगानी रहेको उल्लेख छ ।

कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सो सर्वेक्षण गरेको थियो । सवा दुई खर्ब लगानी गर्दा ती प्रतिष्ठानले कुल तीन खर्ब २६ अर्ब एक करोड चार लाख रुपियाँ आम्दानी गरेको सर्वेक्षणले देखाएको छ ।

ती प्रतिष्ठानले अर्थतन्त्रमा करिब एक खर्ब नौ अर्ब २७ करोड एक लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालुएड) गरेको सर्वेक्षणले देखाएको छ ।

एक लाख ४२ हजार २२३ आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा तीन लाख ८७ हजार ७४७ जना व्यक्ति संलग्न रहेकोमा एक लाख छ हजार ४५९ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई तलबरज्याला र सुविधामा २० खर्ब ६१ करोड ५० लाख रुपियाँ खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ ।

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता डा. हेमराज रेग्मीले सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटेल, रिसोर्ट, गैर तारे होटेल होमस्टेको अवस्थाको अध्ययन गरिएको जानकारी दिए ।

एक लाख ४२ हजार प्रतिष्ठानको स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको रहेको अध्ययनले देखाएको उनले जानकारी दिए ।

स्थायी सम्पत्तितर्फ सबैभन्दा धेरै बागमती प्रदेशमा दुई खर्ब ४१ अर्ब २९ करोड ९६ लाख पाँच हजार बराबरको रहेको छ ।

दोस्रोमा गण्डकी प्रदेशमा एक खर्ब छ अर्ब ६४ करोड, कोशी प्रदेशमा ८५ अर्ब ६९करोड स्थायी सम्पत्ति रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा ५१ अर्ब ३६ करोड, सुदूरपश्चिम प्रदेशमा २२ अर्ब ९९ करोड, मधेश प्रदेशमा २२ अर्ब २३ करोड र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ अर्ब एक करोड बराबरको स्थायी सम्पत्ति छ ।

मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होटेल तथा रेस्टुरेन्ट उद्योगको योगदान १।९६ प्रतिशत रहेको छ ।

हाल सञ्चालनमा रहेका होटेल तथा रेस्टुरेन्टमध्ये कोशी प्रदेशमा २५ हजार ८८७, मधेश प्रदेशमा ११ हजार ७४०, बागमती प्रदेशमा ५२ हजार १२३ छन् ।

त्यस्तै गण्डकी प्रदेशमा १६ हजार ९७६, लुम्बिनी प्रदेशमा २० हजार १५८, कर्णाली प्रदेशमा सात हजार ११० र सुदूरपश्चिम प्रदेशमा आठ हजार २२८ होटेल रेस्टुरेन्ट छन् ।

होटेलमा कोठा सङ्ख्या एक लाख १६ हजार एक सय छन् । त्यसमा तारे होटेलमा आठ हजार ४९६, ताराविहीन होटेलमा एक लाख ७५, रिसोर्ट तीन हजार ८२९ र होमस्टेमा तीन हजार सात सय कोठा छन् ।

सर्वेक्षण अनुसार हाल सञ्चालनमा रहेका होटेल तथा रेस्टुरेन्टले एकसाथ २२ लाख ३४ हजार पाहुनालाई सेवा दिने गरेको सर्वेक्षणले देखाएको छ ।

राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण सार्वजनिक गर्दै मुख्य सचिव एकनारायण अर्यालले तथ्याङ्क समयमा उपयोग गर्न सके नीति निर्माणमा सहयोग पुग्ने बताए ।

तथ्याङ्कीय हिसाबले थिङ ट्याङ्कको (विचार समूह) रूपमा तथ्याङ्क कार्यालय रहेको बताउँदै मुख्य सचिव अर्यालले नीतिगत दोहोरोपन नहुने गरी कार्यान्वयनयोग्य बनाउनुपर्ने बताए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासनीले होटेल तथा लजको सङ्ख्यासँगै पर्यटकको आगमन बढे पनि जीडीपीमा यस क्षेत्रको योगदान बढ्न नसकेको बताए ।

नीति निर्माणमा तथ्याङ्कको भूमिका महत्वपूर्ण रहेको बताउँदै सचिव मरासिनीले मुलुकको विकासका लागि प्रमाणमा आधारित नीति निर्माण गर्न तथ्याङ्को अति आवश्यक पर्ने धारणा राखे ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसूदन बुर्लाकोटीले सर्वेक्षणबाट प्राप्त तथ्याङ्क सम्बन्धित कार्यालयले प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न लाग्नुपर्ने बताए ।

Page Views: 104
संबन्धित शिर्षकहरु
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
ताजा अपडेट
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama