Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पेट्रोल भर्ने मेसिन नै बिगारेर उपभोक्तामाथि ठगी

- shuvadmin / शुक्रबार, पुष २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, तपाईं हामीले पेट्रोल पम्पहरूले पानी, मट्टितेल, कमसल पदार्थ मिसावट गरेर पेट्रोल बिक्री गरेको विषय त सुन्दै आएका छौँ ।

तर, कसैले थाहा नपाउने गरी डिजिटल मिटर नै तोडमोड गरी उपभोक्तालाई कम तेल दिने गरेको भने तपाईंले हामीले सुनेका छैनौँ ।

नेपालका केही पेट्रोलपम्प व्यवसायीले भारतको विभिन्न ठाउँबाट डिजिटल पम्प तोडमोड गर्ने प्राविधिक बोलाई उपभोक्तालाई कम तेल दिने गरेको पाइएको छ ।

लामो समय पेट्रोलपम्पमा जागिर खाई र साहुका दाहिने हात भएर काम गर्ने एक पेट्रोल पम्पमा कार्यरत कर्मचारीका अनुसार मिटर तोडमोड गर्नमात्रै भारतीय प्राविधिकले ५ देखि १० लाख रुपियाँ लिने गरेको बताएका छन् ।

स्रोतका अनुसार प्राविधिकले मेसिनलाई ५ लिटर देखिमाथि तेल लिने ग्राहकको थोरैथोरै गरेर पेट्रोल कम हुने गरी अटो बनाइदिएको हुने बताएको छ ।

सरकारी निकायले थाहा पाउँदैन भन्ने नेपाल समाचारपत्रको प्रश्नमा स्रोतले सरकारी निकायका कर्मचारी आउँदा कुनै एक अंक थिच्न भनिएको हुन्छ र त्यो थिचेपछि मेसिन अटो हुने र भनेको जति नै तेल मेसिनबाट आउने गरेको बताएको छ ।

स्रोतका अनुसार धेरैजसो नेपाल गुणस्तर तथा नापतौल विभागका कर्मचारी पेट्रोलको नापतौल गर्न आउने र उनीहरूसँग पनि पेट्रोलपम्प व्यवसायीले सेटिङ गर्ने गरेको बताएको छ ।

स्रोतका अनुसार प्राविधिक कर्मचारी थोरै हुने र अन्य कार्यालयमा सरुवा नहुने भएको हुनाले आफ्नो पेट्रोल पम्पको क्षेत्रमा आउनेलाई महिनावारी दिनुपर्ने जनाइएको छ ।

त्यसै गरी अन्य विभिन्न सरकारी निकायबाट पनि अनुगमन गरिने हुँदा त्यति बेला भने अटोमेटिक रूपमा छिटो नम्बर थिचिने गरेको छ ।

त्यसका अलवा विभागका कर्मचारीले ५ लिटरको भाँडो लिएर अनुगमन गर्न जाँदा केही पेट्रोल पम्पले भने ५ लिटरसम्म सही दिने र त्यो भन्दामाथि तेल लिनेलाई कम कम गर्दै तेल बिक्री गर्न डिजिटल पम्प सेटिङ गर्ने गरेको पनि पाइएको छ ।

कतैकतै १० लिटरको भाँडो पनि प्रयोग गर्ने गरिएको स्रोतको भनाइ छ ।

यस विषयमा नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशक कुमारी ज्योति जोशी (भट्ट) सँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

स्रोतका अनुसार यस्तो ठग्ने कुरामा महानिर्देशकभन्दा पनि तल्ला तहका कर्मचारीको बढी हात हुने गरेको छ ।

यसै गरी उपभोक्तावादी माधव तिमल्सिनाले आकस्मिक रूपमा नियमन अनुगमन गर्नुपर्नेमा जोड दिए ।

सबै कार्यालय मिलेर अनुगमन गर्दा ठगी गर्ने पेट्रोल पम्प कम हुने उनको दावी छ ।

पेट्रोलियम पदार्थमा कसरी ठगिन्छन् उपभोक्ता

मापनमा गडबडी

पम्पको मेसिनमा फेरबदल गरेर कम पेट्रोल वितरण गर्ने र पम्पको नोजललाई रोकिराखेर मिटर चलाइराख्ने, जसले गर्दा उपभोक्ताले कम पेट्रोल पाउँछन् ।

मिश्रण (पेट्रोलमा अन्य पदार्थ मिलाउने)

पेट्रोलमा केरोसिन वा अन्य सस्ता पदार्थ मिसाएर गुणस्तर घटाउने तथा यसले गाडीको इन्जिनमा नकारात्मक असर पार्छ र उपभोक्ताको खर्च बढाउँछ ।

अशुद्ध पेट्रोल बेच्ने

पेट्रोल पुरानो वा अशुद्ध भएर गुणस्तरहीन भए पनि बेच्ने गरिन्छ ।

मूल्यमा हेरफेर

सरकारी मूल्यभन्दा महँगोमा पेट्रोल बेच्ने र पेट्रोलको वास्तविक मूल्यबारे उपभोक्तालाई जानकारी नदिने गरिन्छ ।

ध्यान भंग गर्ने रणनीति

पेट्रोल भराउने क्रममा उपभोक्तालाई व्यस्त बनाउने, जस्तै– कुराकानी, असावधानीपूर्वक व्यवहार गर्ने यसले उपभोक्ताले कति पेट्रोल भर्नुपर्ने र कति भर्नुभयो भन्ने हिसाब राख्न गाह्रो हुन्छ ।

कम नापतौल उपकरणको प्रयोग

समयमै क्यालिब्रेसन नगरिएका वा जानाजान गडबडी गरिएको उपकरण प्रयोग गर्ने गरिएको छ ।

Page Views: 58
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama