Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

किचन हेल्परदेखि प्रमुख सेफ हुँदै ब्यावसायी समेत बनेका कडेल जापान, अमेरिकादेखि क्यानाडासम्म नेपाली खानाको प्रचारमा

- shuvadmin / शुक्रबार, पुष २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली देखि अन्य खानाका पारखीहरुलाई मिठो मिठो परिकार बनाएर देश बिदेशमा पस्कदै आएका छन सेफ घनश्याम कडेल ।

जापानिज, इण्डियन, थाइ र नेपाली परिकारलाई फयूजन गर्दै सेफ कडेल परम्परागत परिकारलाई आधुनिक शैलीमा नवीनता र सृजनात्मकता प्रस्तुत गर्दै तिनीहरूको मौलिकता कायम राख्न माहिर छन् ।

सेफ कडेलको असाधारण क्षमताले उनलाई हस्पिटालिटी क्षेत्रको ताराका रुपमा हेर्न थालिएको छ ।

हिमालयन स्वादको गहिरो जरा र टोकियोमा ३० भन्दा बढी रेस्टुरेन्टहरूको पाएको अनुभवलाई सेफ कडेल विश्वव्यापी पाक शैलीमा योगदान दिने मध्ये अग्रणी छन् ।

हजारौं नेपाली उद्यमीलाई प्रेरणा दिने उनै सेफ कडेल सांस्कृतिक राजदूतको रूपमा परिचित छन् ।

आफ्नो सिर्जनशील परिकारहरूमा परम्परा र नवीनतालाई सन्तुलनमा राख्दै सबैलाई मोहित पार्ने गरेका छन् सेफ कडेलले ।

उद्यमशील सोच र सिर्जनात्मक क्षमताका लागि चिनिएका शेफ कडेलले नेपाली खानाको परम्परालाई विश्वव्यापी ग्यास्ट्रोनोमिक प्रभावहरूसँग जोड्दै नयाँ आयाम प्रदान गर्दै आएकाक छन् ।

शेफ कडेलको खानाले विश्वव्यापी प्लेटफर्महरूमा व्याख्यान, सेमिनार, र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निर्णायकका रूपमा सक्रिय भूमिका खेल्ने र पाककला क्षेत्रका नयाँ पुस्ताहरूलाई मार्गदर्शन प्रदान गर्ने आशा गरिएको छ ।

नेपाली परम्परागत खानालाई अन्तर्राष्ट्रिय प्रभावहरूसँग मिसाएर विश्वव्यापी पाककला परिदृश्यमा नयाँ दृष्टिकोण ल्याएका छन् , सेफ कडेलले ।

नेपाली खानालाई विश्व मंचमा पुर्याउनमा उनी प्रमुख पात्र मध्येका एक सेफ कडेलले नयाँ पुस्ताका शेफहरूलाई प्रेरित गर्दै र आधुनिक रुपमा परिस्कृत गर्दै गरेका छन् ।

उनका शब्दहरूमा, “खाना भनेको केवल परिकार मात्र होइन, यो मानिसहरूलाई जोड्ने पुल हो।

पाकलालाई आफनो पेशा ठानेका सेफ कडेलले आफनो नवीनतम कुकबुक, “टिमुर” मा पनि स्थापित परम्पराको सम्मान गर्दै नयाँ स्वादहरूको खोजीमा सीमाना नाघ्ने एउटा कथाका रुपमा लिएका छन् ।

नेपाली, जापानिज र थाई अनि इण्डियन खानाका पारखीहरुका लागि यो पुस्तक सहयोगी र बहुउपयोगी बन्ने छ ।

सेफ कडेल र दुर्गा खड्काको पाककला सम्बन्धी पुस्तक भोजनलिपि पनि प्रकाशनको चरणमा छ ।

बागलुङ जिल्ला तात्कालीन बिहुँकोट गाउँ विकास समिति वार्ड नं ४ अहिले काठेखोला गाउँपालिका वार्ड नं ६ मा जन्मिएका सेफ कडेल अहिले जापानमा सेफ पेशामा र आफ्नै व्यवसाय सक्रिय छन् ।

१२ कक्षासम्म पढाइ सकाएपछि अरु पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्ने वातावरण नहुँदा र आफ्नो जिम्मेवारी र भविष्यको पिरलो बढ्दै जाँदा अवसर र विकल्प खोज्दै जाँदा आफू भारत पुगेका सेफ कडेल दाजुको प्रेरणबाट यो पेशामा लागेका हुन् ।

उनका दाजु पनि भारतमै सेफका रुपमा काम गर्दै गएकोले उनलाई काम गर्न र सिक्ने अवसरका मिल्यो । भारतको सिकाइ नै अहिले सेफ कडेलका लागि टनिङ प्वाइन्ट बन्यो ।

किचन हेल्परका रुपमा हस्पििलिटी क्षेत्रमा प्रवेश गरेका सेफ कडेललाई आजका दिनमा सफल सेफ र ब्यावसायीका रुपमा देख्न सकिन्छ ।

२००७ अगस्टमा जापान पुगेका सेफ कडेलले टोकियो स्थित इन्डियन रेस्टुरेन्टबाट किचन सेफको रूपमा काम शुरु गर्दै आफनै ब्यावसायलाई पनि निरन्तरता दिंदै आएका छन् ।

एउटा किचन हेल्परदेखि सेफ हुँदै सफल व्यवसायीसम्मको यात्रा आज जति सुखद छ, त्यसमा भयङ्कर दुःख समस्या पनि थिए ।

भाषाको समस्याले सुरुवाती समयमा गाली पनि खाएको अनुभव संगालेका सेफ कडेलले कामलाई सम्मान गर्दाको परिणम आजको अवस्था हो ।

समाजसेवीको रुपमा कार्यरत चिनिएका कडेलले अरुलाई सहयोग गर्ने र त्यो सहयोगले आफूलाई छुट्टै आनन्दको महसुश हुने गरेको बताउँछन् ।

आर्थिक स्थिति कमजोर भई शिक्षा, स्वास्थ्य, दैविप्रकोप। तथा अन्य समस्या नेपाल र जापानमा पनि बिरामी भई कोही मर्न नपरोस् भनेर संस्थागत सहयोग गर्दै आएका छन् ।

सेफ कडेलले बिहुँकोट समाज जापानको निवर्तमान अध्यक्ष र एनआरएनए जापानको सल्लाहकारको रुपमा समाजसेवा गरिरहेका छन् ।

Page Views: 74
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama