Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यू-१९ महिला विश्वकप वार्मअप खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित

- shuvadmin / बुधबार, माघ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, यू- १९ महिला विश्वकप अन्तरगत आज भएको अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ५९ रनको झिनो लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो ।

पहिलो ब्याटिङ गरेको नेपालले २० ओभर पूरा खेले पनि ५८ रन मात्रै जोड्न सकेको थियो । नेपालकी ओपनर साना प्रवीनले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन बनाए । अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले आफ्नो इनिङमा एउटा पनि चौका वा छक्का प्रहार गर्न सकेन । आज पनि नेपालका तीन ब्याटरहरु रनआउट भएका थिए ।

अमेरिकाकी इसानी भगेलाले सर्वाधिक २४ रन जोडिन् । नेपालकी रिया शर्माले ३ विकेट र पूजा महतोले एक विकेट लिइन् ।

अभ्यास खेलमा नेपालको यो दोस्रो हार हो । यसअघि वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको थियो ।

मलेसियामा हुने यु १९ महिला टी २० विश्वकप जनवरी १८ देखि सुरु हुनेछ । नेपालले समूह चरणमा बंगलादेश, अष्ट्रेलिया र स्कटल्यान्डसँग भिड्ने छ ।

Page Views: 47
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama