Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

परम्परागत परिकारलाई आधुनिक शैलीमा नवीनता र सृजनात्मकता प्रस्तुत गर्दै सेफ घनश्याम

- shuvadmin / बुधबार, माघ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बागलुङ जिल्ला तात्कालीन बिहुकोट गाउँ विकास समिति वार्ड नं ४ हाल काठेखोला गाउँपालिका वार्ड नं ६ मा जन्मिएका घनश्याम कडेल नेपाली रैथाने खानाको प्रचारमा सक्रिय छन् ।

घनश्याम अहिले अमेरिका, क्यानाडा र जापानमा आफ्नै व्यवसाय सञ्चालन गर्दै सोही ब्यावसायमा प्रमुख सेफका रुपमा कार्यरत छन्।

पाँच दाजु र एक जना दिदीका कान्छा घनश्यामको प्रारम्भिकदेखि १२ कक्षासम्म पढाइ गाउँकै उच्च माध्यमिक विद्यालयमा भयो ।

परिवारको कान्छो सन्तान भएपनि घनश्याम सानै उमेरदेखि केही गर्नु पर्छ भन्ने चाहना बोकेका युवा थिए ।

कान्छो सन्तान भएकोले बुवा आमादेखि दाजु दिदीको प्रशस्त माया ममता पाएपनि घनश्याममा भविश्यको चिन्ताले भने पिरोलेको पारिवारिक स्रोतले बताएको छ ।

उच्च शिक्षा लिने इच्छा हुँदाहुँदै पनि पढ्ने वातावरण नहुँदा र आफ्नो जिम्मेवारी र भविष्यको पिरलो बढ्दै जाँदा अवसर र विकल्प खोज्दै जाँदा भारत पुगे ।

जेठो दाजु जयलाल कडेल भारतमा सेफ पेशामा कार्यरत भएकोले घनश्यामलाई पनि दाजुको पेशालाई पछ्याउन थाले । दाजुको सल्लाह र प्रेरणले घनश्यामलाई पनि कुकिङ लाइनमा प्रवेश गरायो ।

दाजुको प्ररेरण र घनश्यामकोे पनि यो पेशा प्रतिको चाहनाले आज सफल सेप बनाएको छ ।

भारतको मोती महल डिलक्स साउथ एक्समा दाजुकै प्रशिक्षकत्वमा १९९५ जनवरीदेखि किचन ट्रेनर र १५ महिनाको ट्रेनिङ किचन हेल्परको काम गरिसके पछि किचन सम्बन्धी थोरै कुराको ज्ञान बटुल्ने मौका पाएका थिए ।

आफ्नै दाजुबाट सिक्ने मौका पाएका घनश्याम १९९६ अप्रिलमा इन्डियाकै हरियाणा स्थित द मेजवन भन्ने रेस्टुरेन्टमा कुकको रुपमा काम गर्न थाले । जहाँ इन्डियन चाइनिज मुगलाई खाना बन्ने गरेको थियो ।

सन् २००० सम्म त्यहाँ काम गरेपछि आफूले भारतमा सिकेको सीप लिएर नेपालमै काम गर्ने इच्छा भयो।

दाजु जयलाल पनि काठमाण्डू फकिएएर होटेल हायातमा कुक शेफमा काम गर्न थालि सकेकोले घनश्यालाई पनि नेपाल फर्कन बाध्य बनायो ।

सन् २००० जुलाई देखि २००७ जुलाईसम्म नेपालमै सेफको रुपमा काम गरेपछि २००७ अगस्टमा जापान हानिएका घनश्यामले त्यस पछि पछाडि फर्कन परेको छैन् ।

साथि भाइ र इष्टमित्र र जेठो दाजु पनि धेरै जापान नै भएकोले घनश्यामलाई जापान बसाइ सहज भयो ।

जेठो दाजुले काम गर्दै गरेको रेस्टुरेन्टमा कुकिङ भिषा जापान आएर सिन्जुको स्थित इन्जिन रेस्टुरेन्टमा किचन सेफको रूपमा दुई वर्ष काम गरे।

नेपालका स्टार होटल र भारतमा सिकेको सीपले घनश्यामलाई जापानमा काममा कुनै असहज भने भएन् बरु ब्यावसायी बन्ने हुट्हुटी जाग्यो ।

त्यही हुट्हुटीले एउटा किचन हेल्परदेखि सेफ हुँदै सफल व्यवसायीसम्मको यात्रा तय गर्न सहज बनायो । उनको यो यात्रा जति सुखद र सहज देखिए पनि उनले यस अवधिमा झेलेका दुख पनि कम पीडादायी छैनन् ।

सफलता हासिल गर्न जति नै असहज पस्थििति आए पनि धैर्यता नगुमाएका घनश्याम सकारात्मक सोच, इमानदारिता र अथक परिश्रमको फल ठान्छन् ।

कामको दौरान उनलाई काम प्रति समस्या नभएपनि बिरानो देशमा भाषाको समस्थाले खेप्नु परेको सास्ती र खानु परेको गाली कम पीडादायी छैन् ।

तर, पनि दृढ संकल्प लिएर उद्येश्य चुम्न लम्केका उनका पाइलालाई कुनै अवरोधले छेक्न सकेन् ।

दुई वर्ष जापानको कामको अनुभव प्राप्त र पहिलेदेखि आफू भित्रको व्यवसायी बन्ने हुट्हुटीले दाजुसितको सल्लाहले सन् २०१० मार्चमा आफ्नै कम्पनीको स्थापना गरी टोकियो हानेदा बिमानस्थल नजिकै रेस्टुरेन्ट व्यवसाय सुरु गरे

कम्पनीको सिइओ र रेस्टुरेन्टको प्रमुख सेफमा आफैं रहे पनि दाजु पनि सेफका रुपमा मार्गनिर्देशकका रुपमा आउँदा सहज भयो । दाजुको गाइड लाइन र आफ्नो सक्रियतामा व्यवसायिक यात्रा सुरु भयो।

२०२४ सम्म आउँदै गर्दा आधा दर्जनभन्दा बढी रेस्टुरेन्ट सञ्चालन गर्दै आएका घनश्याम अहिले अन्यत्र इन्भेन्ट या अरु रेस्टुरेन्टमा पनि एक्जिक्यटिभ सेफ एडभाइजर तथा मेनुहरु पनि दिएर सिकाएर सहयोग गर्दै आएका छन् ।

नेपाली देखि अन्य खानाका पारखीहरुलाई मिठो मिठो परिकार बनाएर देश बिदेशमा पस्कदै आएका छन सेफ घनश्याम ।

जापानिज, इण्डियन, थाइ र नेपाली परिकारलाई फयूजन गर्दै सेफ घनश्याम परम्परागत परिकारलाई आधुनिक शैलीमा नवीनता र सृजनात्मकता प्रस्तुत गर्दै तिनीहरूको मौलिकता कायम राख्न माहिर छन् ।

सेफ कडेलको असाधारण क्षमताले उनलाई हस्पिटालिटी क्षेत्रको ताराका रुपमा हेर्न थालिएको छ ।

हिमालयन स्वादको गहिरो जरा र टोकियोमा ३० भन्दा बढी रेस्टुरेन्टहरूको पाएको अनुभवलाई सेफ घनश्याम विश्वव्यापी पाक शैलीमा योगदान दिने मध्ये अग्रणी छन् ।

हजारौं नेपाली उद्यमीलाई प्रेरणा दिने उनै सेफ कडेल सांस्कृतिक राजदूतको रूपमा परिचित छन् । आफ्नो सिर्जनशील परिकारहरूमा परम्परा र नवीनतालाई सन्तुलनमा राख्दै सबैलाई मोहित पार्ने गरेका छन् सेफ घनश्यामले ।

उद्यमशील सोच र सिर्जनात्मक क्षमताका लागि चिनिएका शेफ घनश्यामले नेपाली खानाको परम्परालाई विश्वव्यापी ग्यास्ट्रोनोमिक प्रभावहरूसँग जोड्दै नयाँ आयाम प्रदान गर्दै आएकाक छन् ।

शेफ घनश्यामको खानाले विश्वव्यापी प्लेटफर्महरूमा व्याख्यान, सेमिनार, र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निर्णायकका रूपमा सक्रिय भूमिका खेल्ने र पाककला क्षेत्रका नयाँ पुस्ताहरूलाई मार्गदर्शन प्रदान गर्ने आशा गरिएको छ ।

नेपाली परम्परागत खानालाई अन्तर्राष्ट्रिय प्रभावहरूसँग मिसाएर विश्वव्यापी पाककला परिदृश्यमा नयाँ दृष्टिकोण ल्याएका छन् , सेफ घनश्यामले ।

नेपाली खानालाई विश्व मंचमा पुर्याउनमा उनी प्रमुख पात्र मध्येका एक सेफ घनश्यामले नयाँ पुस्ताका शेफहरूलाई प्रेरित गर्दै र आधुनिक रुपमा परिस्कृत गर्दै गरेका छन् ।

उनका शब्दहरूमा, “खाना भनेको केवल परिकार मात्र होइन, यो मानिसहरूलाई जोड्ने पुल हो।

पाकलालाई आफनो पेशा ठानेका सेफ कडेलले आफनो नवीनतम कुकबुक, “टिमुर” मा पनि स्थापित परम्पराको सम्मान गर्दै नयाँ स्वादहरूको खोजीमा सीमाना नाघ्ने एउटा कथाका रुपमा लिएका छन् ।

नेपाली, जापानिज र थाई अनि इण्डियन खानाका पारखीहरुका लागि यो पुस्तक सहयोगी र बहुउपयोगी बन्ने छ ।

सेफ कडेल र दुर्गा खड्काको पाककला सम्बन्धी पुस्तक भोजनलिपि पनि प्रकाशनको चरणमा छ ।

समाजसेवीको रुपमा कार्यरत चिनिएका कडेलले अरुलाई सहयोग गर्ने र त्यो सहयोगले आफूलाई छुट्टै आनन्दको महसुश हुने गरेको बताउँछन् ।

अरुलाई सहयोग गर्ने र त्यो गर्दा आफूलाई छुट्टै आनन्दको महसुस हुन्छ भन्ने घनश्याम कसैलाई गाह्रो परेको बेलामा सहयोग गरेर अरुलाई खुसी देखिन्छन् ।

त्यतिबेला उनलाई हुने आनन्द र खुसी कहिँ कतैबाट किनेर पनि मिल्दैन् ।

आर्थिक स्थिति कमजोर भई शिक्षा, स्वास्थ्य, दैविप्रकोप। तथा अन्य समस्या नेपाल र जापानमा पनि बिरामी भई कोही मर्न नपरोस् भनेर संस्थागत सहयोग गर्दै आएका छन् ।

सेफ घनश्यामले २०१४ मा बिहुँकोट समाज जापान नामक सामाजिक संस्था मार्फत सामाजिक काम गर्दै आएका छन् ।

जापानमा आफू जन्मेको ठाउँ बिहुँकोटका ३ हजार ५०० जना भन्दा बढी जापानमारहेका छन् । सख्यात्मक रुपमा पनि ठूलो हुँदा भैपरि आउने समस्याको समाधान हुने र संस्था मार्फत आफ्नो गाउँ त्यसको कल्चरहरु पनि विभिन्न प्रोग्राम गरेर जापानमा जन्मेका बच्चाहरुलाई सिकाउने काममा संस्थाले काम गर्दै आएको छ ।

यसका अलावा आफ्नो गाउँमा पनि आर्थिक स्थिति कमजोर भइ शिक्षा, स्वास्थ्य र दैविप्रकोप जस्ता बिपत्तीमा सहयोेग हुँर्दै आएको छ ।

उपचारको अभावले कसैले पनि मर्न नपरोस भने र संस्थाले आर्थिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ । नेपालमा मात्र नभएर जापानमा पनि संस्थाले समस्थामा परेका नेपालीलाई सहयोग गर्दै आएको छ ।

समाज जापानको निवर्तमान अध्यक्ष र एनआरएनए जापानको सल्लाहकारको रुपमा समाजसेवा गरिरहेका छन् ।

Page Views: 51
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama