Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महालक्ष्मी बैंकको बदमासी, कम्पनीको नक्कली खाता बनाइ ब्यक्तिको नाममा जम्मा

- shuvadmin / शुक्रबार, माघ ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू,  केपी कन्सट्रक्सन एण्ड ईन्टरप्राईजेज प्रा.लि.ले कुनै ब्यवसायिक संस्थावाट पाएकोे अकाउण्ट पेई चेक कम्पनीको नाममा भएको बैंक खातामा जम्मा हुन पर्नेमा खाता नै नभएको बैंकमा जम्मा भएको छ ।

कँम्पनीको खाता रहेको ग्लोवल आईएम ई र एनआई सी एसीयामा जम्मा हुनु पर्नेमा चेक महालक्ष्मी विकास बैंक बानेश्वर शाखामा जम्मा भएको हो ।

केपी कन्सट्रक्सनको महालक्ष्मी विकास वैङ्कमा खाता थिएन् । तर,कम्पनीले एक ब्यावसायिक संस्थामा काम गरे वापत पाएको पाएको एकाउण्ट पे चेक कसरी खाता नै नभएको बैंकमा जम्मा भयो भनेर कम्पनीका सञ्चालक अन्यौलमा परेका छन् ।

केपी कन्सट्रकसनका सञ्चालकले महलक्ष्मी विकस बैङ्क बानेश्वर शाखाका शाखा प्रवन्धक विकाश रावलले जवरजस्ती खोसेर लगेको बताएका छन् ।

कन्सट्रसनका संचालकले ब्यवसायिक संस्थावाट पाएको चेक लुटिएको जानकारी गराउँदै पहिलाको चेक बदर गरी अर्को चेक माग्न जाँदा ब्यावसायिक फर्म मार्फत चेक जम्मा भै सकेको जानकारी पाए ।

अघिल्लो दिन दिएको चेक जम्म भएर ब्यावसायिक फर्मको खाताबाट रकम कट्टा भै सकेको जानकारी कम्पनी सञ्चालकले पाएपनि आफनो खाता नै नभएको बैंकमा कसरी चेक जम्मा भयो भनेर बैंकमा सोध्दा शाखा प्रवन्धक रावलले ग्राहकको कुरा सुन्नै चाहेन् ।

बरु उल्टै धम्काएर पठाएको कम्पनीका सञ्चालकको भनाइ छ ।

कम्पनी सञ्चालकको भनाइ अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालको मिलेमतोमा शाखा प्रवन्धक रावलले नक्कली कागजात तयार गरी कन्सट्रकसनको नाममा खाता खोली चेक जम्मा गरी रकम निकालेर खाता बन्द गराएको कन्सट्रकसनका सञ्चालकले बताएका छन् ।

कम्पनीका सञ्चालकले कार्यकारी प्रमुखलाई आरोप लगाएपनि उनीसित सम्पर्क हुन सकेको छैन् ।

शाखा प्रवन्धक रावलको प्रत्यक्ष सम्लग्नता देखिएपनि प्रमुख कार्यकारीको भूमिका के थियो गा थिएन भन्ने नियामक निकाय र प्रहरीको केन्द्रीय ब्यूराले छानविन पछि थाहा होला ।

सामान्य तया बैंकमा खाता खोल्न नागरिकता, कम्पनीको निर्णयसहितको कागजात आवश्यक पर्ने भएपनि सीईओ लम्साल र शाखा प्रवन्धक रावलले कसरी खाता खोले भन्ने शंकाको घेरामा छ ।

केपी कन्सट्रकसनका संचालकले बैंक र बैंकका सीइओ तथा शाखा प्रवन्धकले अन्याय गरेको भन्दै केन्द्रीय जाँच ब्यूरोमा माघ ३ गते निवेदन दिएका छन् ।

यस सम्बन्धमा बैंकका बानेश्वर शाखाका प्रवन्धक रावलसित सम्पर्क गर्दा ग्रहकको आग्रहमा बैंकको इन्टरनल खातामार्फत जम्मा गराएर ग्राहकको ब्यक्तिगत खातामा जम्मा गराएको बताएका छन् ।

शाखा प्रवन्धक रावलले कम्पनीका सञ्चालक बैंकका ब्लाक लिष्टमा रहेकोले कम्पनीको नाममा अर्को खाता खोल्न नमिल्ने भएकोले इन्टरनल खातामा रकम जम्मा गराएर लोन घटाइ दिएको बताए ।

तर, कम्पनीको नाममा काटिएको चेक कसरी ब्यक्तिको नाममा जम्मा भयो भन्ने प्रश्नमा प्रवन्धक रावलले आन्तरिक रुपमा खाता खोलेर जम्मा गराएको दावी गरेका छन् । जुन सरसर अवैध हो ।

यद्यपी बैंकका शाखा प्रवन्धक रावलले ग्राहककले नै चेकमा दुइवटा सही गरेर आफूलाई निवेदन लेख्न नआउने भनेकोले सहयोग गरेको दावी गरेका छन् ।

कम्पनीको नाममा काटिएको चेक कसरी ब्यक्तिगत खातामा जम्मा भयो भन्ने कुरा आश्चर्यचकित छ ।

कम्पनीले पाएको चेक नं ३०३०३३३१७० कर्णप्रसाद कुसवाहाको नाममा जम्मा भएको महालक्ष्मी बैंकले दिएको बैंक स्टेटमेण्टमा देख्न सकिन्छ ।

जुन कुरा बैंकिङ प्रणलीमा अशम्भ छ । बैंकका प्रवन्धक रावलले यसभन्दा बढी बैंको लिगल टिम सित बुझ्न आग्रह गरे ।

कम्पनी सञ्चालक भने आफ्नो कम्पनीको खाता ग्लोवल आइएमइ र एन आइसी एसियामा सञ्चालन मै रहेको दावी गर्छन् ।

पछिल्ला समयमा सहकारीमा राखिएको रकम ठगीएको समाचार आउने गरेको भनिए पनि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको संस्थाबाट खाता नै नभएको बैंकमा नक्कली कागजात प्रयोग गरी खाता खोलेर चेक जम्मा गरी रकम निकालेर खाता बन्द हुन्छ भने आम मानिसले बैंकलाई कसरी भरोसा गर्ने भन्ने प्रश्न उठेको छ ।

अझ बैंककै जिम्मेवार निकायबाट भएको यस्तो आपराधिक कामलाई छुट दिन थालियो भने बैंक प्रतिको विश्वास रहने छैन भने सर्वसाधारण मानिसले जम्मा गराएको डिपोजट संकटमा पर्ने छ ।
केपी कन्सट्रकसनले दिएको बैंकिङ कसुरको उजुरीका आधारमा सीआइवी र नियमनकारी नेपाल राष्ट्र बैङ्कले छानविनको प्रक्रिया अघि बढाएको छ ।

Page Views: 55
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama