Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज

- shuvadmin / शनिबार, माघ ०५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ लाख १० हजार ३ सय ४५ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् ।

जसमा ५३ हजार १ सय ३ नेपाली,१० हजार ८ सय ५० सार्क मुलुक र ४६ हजार ३ सय ९२ अन्य विदेशी पर्यटकहरू रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

विज्ञप्तीमा उल्लेख भए अनुसार यसरी निकुञ्ज भित्र पर्यटकहरूको अध्ययन, अवलोकन भ्रमणबाट १३ करोड,१ लाख ४६ हजार ४ सय ५० रूपैयाँ पर्यापर्यटन तर्फ राजश्व संकलन भएको छ ।

त्यसरी नै निकुञ्जका वन्यजन्तुबाट भए गरेका हानि नोक्सानी स्वरूप निकुञ्जले स्थानीय मध्यवर्ती क्षेत्रका समुदायलाई चालू आवको सोही अवधिमा २८ लाख ८ हजार ४ सय ९२ रूपैयाँ बितरण गरेको जनाएको छ ।

यही अवधिमा अजिङ्गर,गैंडा,कालो स्टर्क गरि ६ वन्यजन्तुको उद्धार तथा पुनर्स्थापना एवं २० जीउ घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडीएकाछन् ।

घडियाल गणनमा भाले उपस्थिति न्यून

यसै बीच चितवन राष्ट्रिय निकुञ्ज स्थित राप्ती र नारायणी नदी गत पुस १२ देखि २५ गते सम्म गरिएको गोही गणना तथा अनुगमनका क्रममा न्यून संख्यामा भाले घडियालको उपस्थिति दखिएको छ ।

गणनाका क्रममा राप्तीमा २ सय ६ ओटा घडियाल भेटिए मध्य जसमा भालेको संख्या २ मात्र रहेको पाईयो ।

त्यसरीनै नारायणी नदीमा ३ भाले सहित १ सय ४६ घडियाल भेटिदा राप्ती र नारायणीमा गरि कुल ३ सय ५२ घडियालले निकुञ्ज क्षेत्रमा बिचरण गरि रहेको विज्ञप्तिमा उल्लेख छ ।

निकुञ्जले संरक्षित कोर एरिया तथा मध्यवर्ती क्षेत्रमा चोरी सिकार तथा अवैध गतिविधि नियन्त्रण गर्न निरन्तर गस्ती तथा बिशेश अपरेशन कार्य पनि गर्दै आएको जनाएको छ ।

यही क्रममा गत पुस महिनामा विना अनुमति घाँस दाउरा काट्न निकुञ्ज प्रवेश गर्ने १४ जना ३ जना माछा मार्ने र १ जना गैंडासंग सम्बन्धित कसुर गर्ने १ गरी १८ जनालाई नियन्त्रणमा लिई नियमानुसार कार्यवाही गरिएको निकुञ्जद्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल भारत सिमापार संरक्षण समन्वय बैठक सम्पन्न

यस बीच वन तथा वन्यजन्तुको संरक्षणका लागि सरोकारवालाहरू बीच समन्वय र सहकार्य अभिबृद्धि निमित्त नेपाल भारत सिमापार संरक्षण समन्वय बैठक चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरामा सम्पन्न भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको आयोजनामा चितवन(पर्सा-बाल्मिकी कम्प्लेक्समा सो बैठक गत पुसको अन्तिम साता सम्पन्न भएको हो ।

बैठकमा खास गरि अन्तरदेशीय सिमा क्षेत्रमा वन्यजन्तुहरूको संरक्षण,अबैध गतिविधि नियन्त्रण तथा वन क्षेत्रमा हुने आगलागी रोकथाममा समन्वय र सहकार्य सम्बन्धमा छलफल भएको थियो ।

भौगोलिक हिसावले एक अर्का बीच सिमा जोडिएका निकुञ्ज पदाधिकारीहरू सम्मिलित उक्त बैठकमा भारत स्थित वाल्मीकि टाईगर रिजर्भका फिल्ड डाईरेक्टर सहितको टोली, नेपाल स्थित चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतहरूको उपस्थिति थियो ।

यसरीनै बैठकमा निकुञ्जमा तैनाथ सुरक्षा गणका गणपतिहरू,निकुञ्ज आसपासका डिभिजनल वन अधिकृतहरू,मध्यवर्ती वन समिति अध्यक्ष,नेपाल तथा भारतका डब्लु डब्लु एफ प्रतिनिधि,राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएलएस नेपाल सहित ५१ जनाको उपस्थिति रहेको निकुञ्जको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

गैंडा, जंगली हात्ती,दुर्लभ पाटेबाघ, काठे भालु कतिपय संकटापन्न चिल,गिद्ध, घाँसे तथा पानी चरा लगायतको बिचरण रहेको यी निकुञ्जहरू पर्यटकीय आकर्षणका केन्द्र मानिन्छन् ।

Page Views: 69
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama