Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेप्से पुनः २६ सय विन्दूमाथि,‘बैंक तथा वित्तीय संस्थाको रिपोर्ट राम्रो आउने आशामा लगानीकर्ता

- shuvadmin / आइतबार, माघ ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च९नेप्से०मा दोहोरो अंकको उछाल आएको छ ।

आज नेप्से परिसूचक ०.४८ प्रतिशत अर्थात १२.५८ अंकले बढेर २ हजार ६०१.२१ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५५ प्रतिशतले बढेर ४३९.०४ विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छायो ।

आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज २.५७ प्रतिशतले बढेर ६ हजार ८९४ विन्माू पुग्यो ।

यस्तै आज बैंकिङ समूह ०.१७, विकास बैंक ०.२०, वित्त २.३२,हाईड्रो ०.४०, लगानी ०.३७,जीवन बीमा ०.९१, लघुवित्त ०.२८,निर्जीवन बीमा ०.६३ र अन्य समूह ०.३० प्रतिशतले बढ्यो ।

यस्तै होटल समूह आज ०.०८ प्रतिशत,म्युचुअल फण्ड ०.४६ र व्यापार समूह ०.१३ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड ८५ लाख बढीको कारोबार भयो ।

सुपर मादी हाईड्रोको पनि आज २४ करोड ४५ लाख,सानिमा मिडिल तमोरको १५ करोड १५ लाख,सिन्धु विकास बैंक र पोखरा फाइनान्सको १३ करोड ८३ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको मात्रै सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य १० प्रतिशतले बढ्यो ।

यस्तै विन नेपाल लघुवित्तको सेयरमूल्य ९.०९ प्रतिशत,सामलिङ्ग पावरको ७।४६ र नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ७.३७ प्रतिशतले बढ्यो ।

सुपर मादी हाईडोाको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो ।

रिभर फल्स पावरको सेयरमूल्य पनि आज ६.४५ प्रतिशत,अपर हेवाखोलाको ४.४२ र नाडेप लघ्वित्तको सेयरमूल्य ३.६१ प्रतिशतले घट्यो ।

Page Views: 38
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama