Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विपीन घर फर्कने प्रतीक्षामा आमा पद्मा, युद्धविराम भड्किएर छोरा रिहा नहोला कि भन्ने डर !

- shuvadmin / सोमबार, माघ ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

दोधारा चाँदनी, हमास–इजरायलबीच युद्धविराम भएपछि बन्धक बनाइएका कञ्चनपुरका विपीन जोशीको परिवार उनी सकुशल घर फर्कने आशामा व्यग्र प्रतीक्षामा छन् ।

युद्धविरामको खबरले १५ महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपीनको परिवारमा उनी फर्किने आशा पलाएको हो ।

युद्धविरामपछि पहिलो चरणमा विपीनको नाम समावेश नभए पनि दोस्रो चरणमा उनी रिहाइ हुने आशा उनको परिवारमा छ ।

मलिन अनुहारमा विपीनका आमा पद्माले भनिन्, ‘युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन् ।

मेरो निर्दोष छोरा १५ महिनादेखि बन्धक छ ।’ उनले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताइन् ।

‘युद्धविराम भड्किएर फेरि युद्ध भइहाल्छ कि भन्ने हाम्रो मनमा डर छ,’ आमा पद्माले भनिन्, ‘जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए ।

त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो ।

आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि उनको अवस्था अज्ञात छ ।

इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपीनको नाम समावेस छैन ।

विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताउँछन् ।

सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्, विपीनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,’ उनले भने, ‘अहिले हमास–इजरायल युद्धविराम भएको छ, हामी विपीनको सकुशल रिहाइ हुने आशामा छौँ ।’

गृहमन्त्री लेखकले विपीनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताए ।

रासस

Page Views: 83
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama