काठमाण्डू, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठुलो असर परेपनि राष्ट्र बैंक बाह्य क्षेत्रमा सबल रहेको जानकारी दिए ।
उनले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु बेल क्यापिटलाइज रहेको दाबी गरे ।
उनले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लो डाउन भएको बताए ।

‘‘अर्थतन्त्र समग्र रुपमा अर्थतन्त्रका फण्डामेण्ट्ल्सहरु अत्यन्तै राम्रा छन् । हामी बाह्य क्षेत्रमा सबल छौँ ।
पछिल्लो समय बाढी, पहिरोको निकै ठुलो असर परेको हामीले देख्यौँ । जसको फलस्वरुप खाद्य, पेय पदार्थतिरको इन्प्लेसन अलिक बेसी बढेको छ ।
तर, पनि औषतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्यो भित्रै इन्प्लेसन बसेको अवस्था छ ।,’’

गभर्नर अधिकारीले भन्नुभयो, ‘‘बैंकिङ सिस्टममा तरलता एकदमै राम्रो छ । बैंकहरु वेल क्यापिटलाइज छन् ।
भला अलिकति स्ट्रेस प्रफिटमा छ । रिकोभरीमा छ । त्यो हामीले स्पष्ट रुपमा देखेका छौँ । रिकोभरीमा भइरहेको स्ट्रेस दुई किसिमबाट गाइडेड छ ।
अर्थतन्त्रमा अलिकति स्लो डाउन भएको असर हामी देख्छौँ ।’’
गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताउनुभयो । अराजकताका यस्ता विषयहरु सधैँ नरहने उनको भनाइ छ ।