Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल

- shuvadmin / सोमबार, माघ ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ ।

आज नेप्से परिसूचक ०.२६ प्रतिशत अर्थात ६.७८ अंकले बढेर २ हजार ६०७.९९ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४३९.१४ विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर ६ अर्ब ५७ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक बढ्यो । यो समूह आज २।१३ प्रतिशतले बढेर १ हजार ९५१ विन्दुमा पुग्यो ।

यस्तै आज होटल समूह ०.१२ प्रतिशत,लगानी ०.६०,जीवन बीमा ०.०४,उत्पादन तथा प्रशोधन १.६८,म्युचुअल फण्ड ०.०९,निर्जीवन बीमा ०.२३ र व्यापार समूह १.०६ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूह २.५३ प्रतिशतले घट्यो । बैंकिङ समूह ०.२० प्रतिशत,विकास बैंक ०.६०,हाईड्रो ०.०२ र लघुवित्त ०.०४ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन रिभर फल्स पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड १ लाख बढीको कारोबार भयो ।

हिमालयन पावर पार्टनरको आज १८ करोड २० लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३४ लाख र नेपाल रि इन्स्योरेन्सको १५ करोड ५० लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन। आज मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.०५ प्रतिशतले बढ्यो ।

रिभर फल्स पावरको सेयरमूल्य पनि आज ७.७० प्रतिशत,दोल्ती पावरको ७.४७ र मध्यभोटेकोशी जलविद्युतको सेयरमूल्य ५.८४ प्रतिशतले बढ्यो ।

यस्तै आज विन नेपाल लघुवित्त र सुपर मादी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो ।

भूगोल इनजीैको सेयरमूल्य पनि आज ९.९९ प्रतिशत र नेपाल फाइनान्सको सेयरमूल्य ७.१५ प्रतिशतले घट्यो ।

Page Views: 55
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama