Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता प्रक्रिया सुरु, खुमलटारमा सहमति नभएपछि निर्वाचन हुने निश्चित

- shuvadmin / बुधबार, माघ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनअन्तर्गत निर्वाचन प्रक्रिया शुरू भएको छ ।

अध्यक्षको आकांक्षीले सहमतिबाट नेतृत्व चयन गर्न नमानेपछि निर्वाचनबाट नेतृत्व चयन हुने भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार मनोनयन गर्ने समयलाई रोकेर अध्यक्ष नेतृत्वका दाबेदारहरूलाई खुमलटार बोलाएका थिए ।

खुमलटारमा आकांक्षीसँग वान टु वान वार्ता गर्दा पनि सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियामा जान सुझाव दिएका छन्।

‘उहाँको चाहना सहमतिमै नेतृत्व चयन गर्ने इच्छा थियो। हामीले निर्वाचनबाटै नेतृत्व चयन गरौं भन्यौं’ – एक विद्यार्थी नेताले भने।

भेट गर्न खुमलटार पुगेका सबै विद्यार्थी नेता अध्यक्ष र महासचिवका आकांक्षी थिए ।

अध्यक्ष दाहालले शुरूमा अध्यक्ष छान्ने र अध्यक्षमा नपरेका नेतालाई अन्य पदमा निर्विरोध बनाउने योजना बनाएका थिए ।

उक्त योजना विफल भएपछि अध्यक्षले निर्वाचन प्रक्रियामा जान निर्देशन दिए ।

‘यो वा त्योभन्दा पनि निर्वाचित अध्यक्ष र पदाधिकारीलाई मान्ने हो, तपाईँहरुलाई गुट बनाएर निर्वाचनमा नजानु होला’ –अध्यक्ष दाहाललाई उद्धृत गर्दै एक आकांक्षी नेताले भने ।

अध्यक्ष दाहालले कुनै पनि नेताले बोकेर चुनाव पचार गर्न नहुने समेत सुझाव दिएका थिए ।

अध्यक्ष, महासचिवलगायत पदाधिकारीसहित सबै पदमा मिलेर सहमतिमै जानुहोस् । नत्र, नोमिनेसन गर्नुस् भनी खुमलटारमा प्रचण्डले सुझाएपछि विद्यार्थी नेताले निर्वाचनमा होमिने निचोड निकालेका थिए।

अनेरास्ववियु क्रान्तिकारी फ्याक्सन इन्चार्ज हिमाल शर्माले अध्यक्षले निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सबै पदमा मनोनयन खुला भएको बताए ।

‘दिउँसो पनि मनोनयन खुलै थियो, आफू निकट नेताको आश्वासनले मनोनयन नगरेको कारण साँझ ६ बजेसम्म अध्यक्ष र महासचिवमा कसैले पनि मनोनयन दर्ता गरेनन्’ – इन्चार्ज शर्माले भने ।

राति ९ बजेसम्मका लागि समय थप भएकाले सबै पदमा मनोनयन भएको छ। नेतृत्व चयनका लागि अहिले अनलाइनमार्फत उम्मेदवारी दिएका छन।

नेतृत्वका लागि विराज थापा, सुदिन पौडेल, उपदेश यादव, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राईलगायत आकांक्षी छन्।

उनीहरुमध्ये अध्यक्ष र महासचिव चयन हुने सम्भावना छ। अध्यक्षका आकांक्षी केन्द्रका विभिन्न नेतासँग नजिक छन्।

उपाध्यक्ष, सचिव, सदस्यलगायत पदमा मनोनयन दर्ता भइसकेको छ । कसले कुन पदमा मनोनयन गरेका छन् भन्ने विषयमा राती अबेरमात्र जानकारी हुन सक्ने सम्भावना छ ।

संशोधित विधानअनुसार आयोजक समितिका पदाधिकारी अध्यक्षका दाबेदार बन्न पाउनेछन् । फ्याक्सन इन्चार्ज शर्माका अनुसार साँझ ६ बजेसम्म करिब ४ सय जनाले मनोनयन गरिसकेका छन् ।

सोमबार अबेरसम्म नेताहरूबीच सहमतिमा नेतृत्व छान्ने प्रयास जारी थियो । फ्याक्सन इन्चार्ज हिमाल शर्मा, कार्यदलका संयोजक तथा पार्टी उपमहासचिव शक्ति बस्नेत, निवर्तमान अध्यक्ष पञ्चा सिंह र अध्यक्षका दाबेदारहरूबीच पटकपटक छलफल भएको थियो ।

फ्याक्सन इन्चार्ज शर्माले सहमति हुन नसकेपछि यो वा त्योभन्दा पनि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेर निर्वाचनमा जाने निर्णय गरेका हौ ।

उनले भने – ‘उम्मेदवार संगठनको हो, यो वा त्यो नेताको मान्छे होइन ।’ उनले १२ गते हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने बताए ।

मनोनयन दर्तापछि आज बुधबार बिहान ११ बजेसम्म उम्मेदवारको नामावलीविरुद्ध दाबी विरोधको समय तोकिएको छ ।

आजै बिहान ११ बजेपछि दाबी विरोधको छानबिन र अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

भोलि बिहीबार १० गते बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता, सोही दिन दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । निर्वाचन समितिले प्रत्येक प्रदेशमा मतदान केन्द्र तोकेको छ । निर्वाचनमा २ हजार ३ सय ९८ जनाले मतदान गर्नेछन् ।

उमेर हद लागू भएपछि पहिलो पटक निर्वाचन हुन लागेको हो । यो निर्वाचनमा ३२ वर्ष उमेर हद तोकिएको छ ।

वि.सं २०४९ माघ ७ गतेपछि जन्मिएका प्रतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाइने व्यवस्था छ।

गत असोज १० देखि १५ गतेसम्म भएको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्दसत्र स्थगित भएको थियो। पुस १३ गते मतदानबाट ३२ वर्षे उमेर हद लगाउने बहुमतले पास गरिएको थियो ।

सोही आधारमा निर्वाचन प्रक्रिया शुरू भएको हो। उमेर हदका कारण अघिल्लो केन्द्रीय समितिका १ सय ३८ जना बाहिरिनुपरेको छ।

बाहिरिनुपरेका अधिकांश पदाधिकारीका दाबेदार हुन्। अब नयाँ विधानअनुसार ३३ पदाधिकारी, ४८ केन्द्रीय सचिवालय र १ सय ६२ केन्द्रीय सदस्यसमेत गरी २ सय ४३ जनाको कार्यसमिति निर्वाचित हुनेछ।

Page Views: 54
संबन्धित शिर्षकहरु
आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
ताजा अपडेट
  • आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
  • स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama