Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारलाई दलित अभियन्ताहरुको चेतावनी, माइतीघरमा होईन, अब नेलसहित प्रभानमन्त्री ओलीको गेटदेखि बेडसम्म हजारौं दलित प्रवेश गर्नेछन्

- shuvadmin / बुधबार, माघ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दलितको लागि दलित अभियानले राज्यले दलित समुदायलाई संविधानमा लेखिएका कुराहरु नदिएर विभेद गरिरहेको बताएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अभियानका अभियन्ताहरुले राज्यका हरेक तह र तप्कामा दलित समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा त्यसो हुन नसकेको बताएका हुन् ।

सरकारले आफूहरुलाई दिएको आश्वासनहरु पूरा नगरेको उनीहरुले बताए । राज्यका तीनै तहको सरकार र नियुक्तिमा दलितको प्रतिनिधिमूलक सहभागीका हुनुपर्ने उनीहरुको माग छ ।

पछिल्लो समय गठन भएको भूमि आयोगमा पनि दलित समुदायको प्रतिनिधित्व नभएको, दलित समुदायलाई पाखा लगाउने काम भएको उनीहरुले बताए ।

दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले आफूहरुले संविधान प्रदत्त दलितहरुको हक अधिकार कार्यान्वयनका लागिमात्रै सरकारलाई झक्झकाएको बताए ।

संयोजक सुनारले सरकारसँग आफूहरुको ‘संविधान प्रदत्त दलितको हक अधिकार कार्यान्वयन गर’ भन्ने एकशुत्रीय माग रहेको बताए ।

‘राज्यले प्रतिवद्धता गरेको, संसद्ले प्रतिवद्धता गरेको, व्यवस्थाले प्रतिवद्धता गरेको संवैधानिक हक कार्यान्वयन गरोस् भन्ने हाम्रो एक शुत्रीय माग हो ।

अब हामी यो मागलाई लिएर आन्दोलनको दोस्रो चरण सार्वजनिक गर्ने तयारी गरिरहेका छौं,’– संयोजक सुनारले भने ।

आफूहरु यसअघि ४५ दिनसम्म सडक आन्दोलनमा बसेको बताउँदै उनले सरकारले त्यसबेला वार्ता र सहमतिको नाटकमात्रै गरेको बताए ।

अभियन्ता सुनारले दलितको मुद्दा कार्यान्वयन गराउने कुरामा उदासिन भएको बताए । दलितहरुको आवाजलाई बेवास्ता गरेको र दलितहरुलाई तह लगाएर नै अगाडि बढ्नुपर्छ भन्ने पक्षमा रहेको उनले बताए ।

कूल जनसंख्याको झण्डै १४ प्रतिशत दलितहरुको राज्यमा सहभागिता सुनिश्चित गरिनुपर्ने उनले बताए ।

भोलिबाट नेल लगाएर काठमाडौंका सडकहरुमा दोस्रो चरणको आन्दोलन गर्ने तयारी रहेको संयोजक सुनारले बताए ।

निर्वाचन ऐन संशोधनका तयारी रहेको र त्यसमा दलितहरुको सहभागिता सुनिश्चित गराउन दवाब दिन भोलि निर्वाचन आयोगको कार्यालयमा नेलसहित गएर संकेतिक दवाबको प्रदर्शन गर्ने उनले बताए ।

त्यस्तै, राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार र संसद्मा पनि नेलसहित प्रवेश गर्ने आफूहरुको तयारी रहेको सुनारले बताए ।

धरानका मेयर हर्क साम्पाङ रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने प्रयास गरेको स्मरण गराउँदै उनले अब राज्यको विभेदको कारण रित्तो पारिएका समुदाय पनि त्यसैगरी जुर्मुराउने बताए ।

‘केपी ओलीको घरदेखि ओलीको अफिससम्म हामी नेल लगाएर जाने प्रयास गरिरहेका छौं । हजारौं दलितहरु ओलीको घर घेर्न जाने तयारी गरिरहेका छौं,’– सुनारले भने, ‘हाम्रा मागहरुलाई गम्भीरताका साथ अगाडि बढाइएन भने ओलीको गेटदेखि केपी ओलीको बेडसम्म नेल लगाएर हजारौ दलितहरु प्रवेश गर्ने तयारी गरिरहेका छौं ।’

अभियन्ता सुनारले प्रधानमन्त्री ओलीमा हिटलरभन्दा पनि क्रुर र तानाशाही प्रवृत्ति रहेको बताए । उनले दलितहरुको मुद्दामा सरकार गम्भीर नबनेको खण्डमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

‘हिटलरभन्दा धेरै तानाशाह मानिस, कोही त्यतिधेरै पापी मानिसहरु छन् भने त्यसको नेतृत्व ओलीले गरिरहेका छन्,’– उनले भने ।

Page Views: 40
संबन्धित शिर्षकहरु
त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama