Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन

- shuvadmin / बिहिबार, माघ १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वीरगञ्ज, चालू आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएशन टर्बाइन फ्युल (एटीएफ),मट्टितेल आयात हुँदा रु ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालू आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ ।

चालू आवको छ महिनामा रु ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट रु १८ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट रु १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ ।

चालू आवको छ महिनामा रु आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर ९एटीएफ० आयातबाट रु एक अर्ब एक करोड तथा रु ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट रु १० करोड राजस्व सङ्कलन भएको जनाइएको छ ।

आव २०८०/८१ को छ महिनामा रु ८८ अर्ब ७८ करोड बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो ।

गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार राजस्व सङ्कलन गरेको थियो ।

रासस

Page Views: 57
संबन्धित शिर्षकहरु
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
ताजा अपडेट
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama