सुर्खेत, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारीलाई बचाउने गरेको आरोप लगाएका छन् ।
यो गठबन्धनको सरकार बनेको बेला आफूले भनेको कुरा अहिले सावित हुँदै गएको अध्यक्ष दाहालको भनाइ छ ।
आफू सरकारमा जाने विषयमा अहिले नै केही नसोचेको उनले बताए । ‘सरकारप्रति आफूहरूको कुनै रुचि छैन,’ उनले भने, ‘वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा जाँदैन ।’
अहिलेको सरकारले राम्रो काम गर्नेलाई तारो बनाएर हटाउन खोजेको उनको भनाइ छ ।
प्रेस सेन्टर सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वर्तमान सरकार आफ्ना र भ्रष्टचारीलाई बचाउने काम गरेको आरोप लगाएका हुन् ।