Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तनहुँको शुक्लागण्डकीमा सहकारीले कफी किनेपछि कृषक उत्साहित

- shuvadmin / शनिबार, माघ १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

तनहुँ, तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन्।

दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले कृषकले उत्पादित कफी खरिद गरिदिन थालेपछि यहाँका कृषक उत्साहित भएका हुन्।

सहकारीले नै कफी खरिद गर्ने व्यवस्था मिलाएपछि उत्पादित कफीको बजार खोज्दै हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाएको शुक्लागण्डकी–१ थप्रेकका सुरज वाग्लेले बताए।

उनले भने, ‘कफी उत्पादन भएपछि कहाँ बिक्री गर्ने, कसलाई बिक्री गर्ने भन्ने अन्योल थियो, सहकारीले नै सबै कफी खरिद गरिदिने भएपछि कृषकलाई सहज भएको छ।’

हाल सुरुआती चरणमा आफूले २० बोट कफी लगाएकामा अब त्यसलाई विस्तार गर्ने योजना बनाएको उनको भनाइ छ।

सहकारीले प्रतिकिलो रु १०० का दरले कफी खरिद गर्ने गरेको सहकारीका अध्यक्ष मनराज गुरुङले बताए।

उनले भने, ‘कृषकले जति परिणाममा कफी उत्पादन गरे पनि सहकारीले खरिद गरिदिनेछ।’ सहकारीले शुक्लागण्डकी–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ।

बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित सहकारीले यहाँ कफीको नर्सरी स्थापना गरेको हो।

शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा १० हजार कफीका बिरुवा उत्पादन भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए।

युवापुस्तामा कफीप्रति अत्यधिक आकर्षण रहेकाले बजारको माग सम्बोधनका लागि यहाँ कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरुङले बताए।

उनले भने, ‘युवा पुस्तामा कफीको आकर्षण बढ्दो छ, आफ्नै माटोमा जीवन देख्नुपर्छ भन्ने सोच बोकेका कृषकलाई कफीका बिरुवा वितरण गर्छौं।’

कृषकले उत्पादन गरेको कफी बिक्रीका लागि बजारीकरणको व्यवस्था सहकारीले गरिदिने उनको भनाइ छ।

हामी कफीका बिरुवा मात्रै वितरण गर्दैनौँ, कफी उत्पादन भएपछि बिक्रीको जिम्मा लिन्छौँ,’ उनले भने, ‘एक किलो होस् वा १०० किलो, जति उत्पादन भएपनि बजारको चिन्ता लिनु पर्दैन।’

रुङले सबैभन्दा छिटो उत्पादन लिन सकिने र बाँदरबाट कम क्षति हुने कफीखेतीलाई प्रोत्साहन गरिएको बताए।

नगरपालिकाभित्र बाँझो रहेका जमिनको सदुपयोग गर्न र बसाइँसराइ रोक्दै आयआर्जनमा जोड्ने उद्देश्यसहित कफीखेती अभियान थालिएको नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए।

नगरपालिकाले गत वर्ष पाँच हजार कफीका बिरुवा वितरण गरेको थियो। यस वर्ष दश हजार बिरुवा वितरण गरिनेछ।

बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले नगरपालिकाको चालू आर्थिक वर्षमा रहेको युवासँग उपप्रमुख कार्यक्रममार्फत शुक्लागण्डकीमा उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको हो।

शुक्लागण्डकीको ८०० मिटरदेखि एक हजार ४०० मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले कृषकलाई कफीखेतीतर्फ प्रोत्साहन गरिएको पण्डितको भनाइ छ।

यस अगाडि किसानले उत्पादन गरेको कफी कास्की, स्याङ्जालगायतका जिल्लामा बिक्री वितरण गरिएकामा यस वर्षदेखि कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँगको समन्वयमा किसानको उत्पादनलाई उचित मूल्यमा बजारीकरण गरिएको उनको भनाइ छ।

Page Views: 76
संबन्धित शिर्षकहरु
मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै
ग्यास कालोबजारी अभियोगमा दुई जना पक्राउ
विद्युतीय कारमा आगलागी चालकको मृत्यु
ताजा अपडेट
  • मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाइँदै
  • ग्यास कालोबजारी अभियोगमा दुई जना पक्राउ
  • विद्युतीय कारमा आगलागी चालकको मृत्यु
  • आज कुशेऔँशी पर्व र बाबुको मुख हेर्ने दिन
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama