Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सामान्य अंकले घट्यो नेप्से, ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार

- shuvadmin / आइतबार, माघ १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) सामान्य अंकले घटेको छ ।

आज नेप्से परिसूचक ०.३९ प्रतिशत अर्थात १०.४१ अंकले घटेर २ हजार ६४३.९३ विन्दूमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ४४३.६० विन्दूमा खुम्चिएको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो ।

आज लघुवित्त समूह सर्वाधिक अर्थात ०.७५ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.५९ प्रतिशत,हाईड्रो ०.५४,म्युचुअल फण्ड ०.४८ र अन्य समूह ०.०३ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज ४.७६ प्रतिशतले घट्यो ।

यस्तै, बैंकिङ समूह ०.८९ प्रतिशत,होटल ०.२७,लगानी ०.५०,जीवन बीमा ०.६१,उत्पादन तथा प्रशोधन १.६६,निर्जीवन बीमा ०.६७ र व्यापार समूह ०.७५ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३९ करोड ५३ लाख बढीको कारोबार भयो ।

नेपाल पुनर्बीमा कम्पनीको आज ३८ करोड ४२ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड ८७ लाख,सिन्धु विकास बैंकको २९ करोड २० लाख र सिईडिबी होल्डिङको २५ करोड ५६ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

आज उपकार लघुवित्त,माथिल्ले मैलुङ खोला जलविद्युत,कर्पोरेट डेभलपमेन्ट बैंक र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै आज सिक्लेस हाईड्रोपावरको सेयरमूल्य ८.६० प्रतिशत,सामुदायिक लघुवित्तको ७.३८ र मेन्छियाम हाईड्रोको सेयरमूल्य ६.७८ प्रतिशतले बढ्यो ।

यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । बोटलर्स नेपाल(बालाजु),११ प्रतिशत एनआईसी एसशया डिबेञ्चर८२८३,दोल्ती पावर र जानकी फाइनान्सको सेयरमूल्यमा लोअर सर्किट लाग्यो ।

Page Views: 81
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama