Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज काठमाडौंमा सभा गर्दै समाजवादी मोर्चा

- shuvadmin / मङ्गलबार, माघ १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, समाजवादी मोर्चाले आज (मङ्गलबार) काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा गर्ने सभाको तयारी पूरा गरेको जनाएको छ ।

मोर्चा आबद्ध दल तथा जनवर्गीय सङ्गठनका पदयात्रा व्यवस्थापन, प्रज्ञा प्रतिष्ठानमा हुने सभा, शीर्ष नेताहरूबाट हुने सम्बोधन, भीड व्यवस्थापनका निमित्त स्वयंसेवक परिचालन, विभिन्न सञ्चारगृहबाट आउने सञ्चारकर्मीको व्यवस्थापनलगायत कार्यसूची तयार गरेको छ ।

मोर्चाको देशभर साङ्गठनिक अवस्था, सबै प्रदेश संरचनाका गतिविधि, हालसम्मका उपलब्धि तथा कमजोरी र आगामी कार्ययोजनाबारे जनतालाई सुसूचित गर्ने उद्देश्यले सभा आयोजना गरिएको मोर्चाका सदस्यसचिव खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

समसामयिक राजनीतिक विषयवस्तु, संसद् बोलाउन सरकारले गरेका ढिलासुस्तीलगायत विषयमा समेत मोर्चामा आबद्ध नेताहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।

वि.सं २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेकपालगायतको सहभागितामा समाजवादी मोर्चा गठन गरिएकामा पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चामा सक्रिय छैन ।

मोर्चाले करिब ६० जिल्ला तथा ३० स्थानीय तहमा साङ्गठनिक संरचना तयार गरेको जनाएको छ ।

Page Views: 51
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama