Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देउवासहित कांग्रेसका ७७ वटै जिल्ला सभापति पोखरा जाँदै

- shuvadmin / बिहिबार, माघ १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाने भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सभापति देउवा पोखरा जाने भएका हुन् ।

देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेतासमेत सहभागी हुने बताइको छ ।

कार्यक्रममा ७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापति सहभागी हुने कास्की कांग्रेस सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालको जानकारी दिए ।

कार्यक्रमले सबै जिल्ला सभापतिका अनुभव आदानप्रदान गरी संगठन सुदृढिकरण र पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने सभापति बराको विश्वास छ ।

‘कार्यक्रम पोखरामा हुनु हाम्रा लागि गौरवको विषय हो’, सभापति बरालले भने, ‘यो कार्यक्रमले देशको ध्यान पोखरामा तान्नेछ ।’

सभापति बरालका अनुसार कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

Page Views: 69
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama