Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस संसदीय दलको बैठक बिना निष्कर्ष सकियो, अर्को बैठक २४ गते बिहान बस्ने

- shuvadmin / शुक्रबार, माघ १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सत्ताको मुख्य घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार अर्को बैठक २४ गते बिहान बस्नेछ । ‘सांसदहरूले बोल्ने क्रम सकिएको छ । मन्त्रीहरू र नेताहरूले बोल्ने क्रम बाँकी छ । २४ गते संसद्को बैठक बस्छ ।

त्यहिदिन बिहान बैठक बस्नेगरी बैठक स्थगित गरिएको छ’, उनले भने, ‘आजको बैठकमा अध्यादेशको विषयमा सांसदहरूले कुरा उठाउनुभएको छ । ती बाहेक आफ्ना क्षेत्रका समस्याबारे कुरा उठेका छन्’, उनले भने ।

यस्तै ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणसम्बन्धी विवाद तत्काल हल गर्न जिल्लाका सांसदहरूले गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेको र उनले संसदीय मामिला मन्त्रालयको सचिवलाई बोलाएर तत्काल वार्ता समिति बनाएर हल गर्न निर्देशन दिएको जानकारी दिए ।

Page Views: 91
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama