Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बार काउन्सिल निर्वाचनका लागि ५ दलनिकटका वकिलले बनाए गठबन्धन

- shuvadmin / शुक्रबार, माघ १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल बार काउन्सिलको निर्वाचनका लागि ५ दल निकटका कानून व्यवसायीले गठबन्धन गर्ने भएका छन्।

एमालेनिकट पीपीएलएका अध्यक्ष भोजराज आचार्य, माओवादीनिकट आरपीएलएका अध्यक्ष रमण कुमार श्रेष्ठ, विप्लव नेकपानिकट पीएलएका अध्यक्ष कपिलचन्द्र पोखरेल, मोहन वैद्यनिकट एनपीएलएका अध्यक्ष देवकुमार मोक्तान र जसपानिकट एफएलएका अध्यक्ष दीपक राईले गठबन्धन बनाउन सहमति गरेका छन्।

बार काउन्सिल पार्षद पदको निर्वाचनमा एमाले तथा माओवादीका उम्मेदवारलाई जिताउने र त्यसपछि फागुन २३ मा हुने नेपाल बार एसोसिएसनको निर्वाचनमा साझा उम्मेदवार बनाएर जाने बिहीबार सहमतिमा उल्लेख छ।

बार काउन्सिलको निर्वाचन माघ २६ गते हुने कार्यतालिका छ। निर्वाचनमा सातै प्रदेशमा एमाले माओवादी गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ। सातमध्ये ५ प्रदेशमा एमाले र २ प्रदेशमा माओवादीनिकट उम्मेदवार छन्।

गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट संगठनलाई पनि समावेश गर्ने तयारी भइरहेको छ। संगठनका अध्यक्ष यज्ञमणि न्यौपानेले आफूहरू छलफलमा रहेको बताए।

नेकपा एसनिकट एसपीएलएले भने बार काउन्सिल निर्वाचनमा कांग्रेसलाई समर्थन गरेको छ। नेकपा एसले बार एसोसिएसन निर्वाचनमा पनि कांग्रेससँग मिलेर जाने तयारी गरेको छ।

नेपाल बारमा वामपन्थी तथा देशभक्त र स्वतन्त्रहरुको गठबन्धनबाट एमालेनिकट पीपीएलएमा आबद्ध वरिष्ठ अधिवक्ता तथा पूर्व उपाध्यक्ष टीकाराम भट्टराई उम्मेदवार बन्ने सम्भावना छ।

उता माओवादीनिकट आरपीएलएले रमण श्रेष्ठलाई अध्यक्षमा उठाउने तयारी गरेको छ।

Page Views: 67
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama