Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेदरल्याण्ड्सविरुद्ध बदला लिने नेपालको चाहना, ह्याट्रिक हारबाट जोगिएला ?

- shuvadmin / आइतबार, माघ २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, त्रिकोणात्मक महिला टी–२० सिरिजमा आयोजक नेपालले तेस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल आज मध्यान्ह सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । श्रृंखलामा नेपाल जितको खाता खोल्न संघर्ष गरिरहेको छ ।

दुई म्याचमा लगातार हार बेहोरिसकेको नेपाली टिम आइतबार ह्याट्रिक हारबाट जोगिन पूरा कोसिस गर्नेछ ।

साथै नेपालसामु नेदरल्याण्ड्सविरुद्ध पहिलो हारको बदला लिने मौका पनि छ । पहिलो खेलमा डच टिमसँग नेपाल २० रनले पराजित भएको थियो ।

उक्त खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

नेपालले थाइल्याण्डविरुद्ध भने पहिलो खेलभन्दा कमजोर ब्याटिङ गर्‍यो ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो ।

नेपालका लागि कविता कुँवर र विन्दू रावलले सर्वाधिक २५र२५ रन जोडे । यस खेलमा नेपालको सुरुवात निकै कमजोर रह्यो ।

थाइल्याण्डविरुद्ध रन नजोड्दै नेपालले विकेट गुमाएको थियो । यस खेलमा नेपालका ओपनर सम्झना खड्का शून्य र ममता चौधरी २ रनमै पवेलियन फर्किइन् ।

शीर्ष क्रमका ब्याटर फ्लप हुँदा नेपालले थाइल्याण्डलाई चुनौतीपूर्ण लक्ष्य दिन सकेन् । यद्यपि नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गर्‍यो ।

थाइल्याण्डलाई १०२ रनको लक्ष्य पूरा गर्न हम्मेहम्मे परेको थियो । र, ६ विकेट गुमाएको थाइल्याण्डले उक्त लक्ष्य पूरा गर्न १९ ओभर खेल्नुपर्‍यो ।

यदि क्याच ड्रप नगरेको भए नेपालले खेल जित्ने सम्भावना बलियो थियो । तर, केही महत्वपूर्ण क्याच छुटाउँदा नेपालले हार बेहोर्न पुग्यो ।

अंकविहीन आयोजक टिम नेपाल अहिले तालिकाको पुछारमा रहेको छ । नेदरल्याण्ड्स भने २ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

उसले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो म्याचमा भने थाइल्याण्डसँग ८ विकेटको फराकिलो हार बेहोर्यो ।

नेदरल्याण्ड्स आइतबार नेपाललाई हराएर महत्वपूर्ण २ अंक जोड्न चाहन्छ । यता नेपाल पनि दुई अंकको खोजीमा छ ।

सिरिजमा नेपालले अब चारवटा म्याच खेल्न बाँकी छ । तालिकाको शीर्ष स्थानमा रहने टिम नै च्याम्पियन हुने भएकाले नेपालका लागि बाँकी खेल निकै महत्वपूर्ण छन् ।

त्यसकारण नेपाल आइतबार नेदरल्याण्ड्सविरुद्ध जित्नैपर्ने दबाबमा हुनेछ । तेस्रो खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने पक्काजस्तै छ ।

शनिबार थाइल्याण्डविरुद्ध अलराउन्डर कविता कुँवर घाइते भएकी थिइन् । उनले तेस्रो खेल गुमाउने सम्भावना उच्च छ ।

यस्तो अवस्थामा नेपाललाई ठूलो घाटा हुन सक्छ । किनकी कविताले बलिङमा राम्रो सुरुवात दिलाइरहेकी थिइन् ।

उनले शनिबार थाइल्याण्डविरुद्ध बलिङमा २ ओभरमा ७ रन दिएर एक विकेट लिँदा ब्याटिङमा २५ रन जोडेकी थिइन् ।

नेपालले आइतबार उनको स्थानमा राजमति ऐरीलाई प्लेइङ–११ मा मौका दिने सम्भावना छ ।

नेपालको सम्भावित प्लेइङ–११ : ममता चौधरी, सम्झना खड्का, इन्दू बर्मा (कप्तान), सीता राना मगर, रुबिना क्षेत्री, पूजा महतो, विन्दू रावल, कविता जोशी, राजमति ऐरी, अलिसा यादव (विकेटकिपर) र मनीषा उपाध्याय ।

Page Views: 59
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama