Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महाकुम्भ सवारी दुर्घटनामा ज्यान गुमाउने ५ नेपालीको शव आज नेपाल ल्याइने

- shuvadmin / आइतबार, माघ २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुर, भारतको मधुवनीमा शनिबार दिउँसो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने महोत्तरी, धनुषा र सिराहाका पाँचजना नेपालीको शव आज नेपाल ल्याउने तयारी भएको छ।

मृतकको शव लिनको लागि आफन्त भारततर्फ प्रस्थान गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए।

‘घाइते चारैजनाको अवस्था गम्भीर छ भन्ने खबर हामीलाई आएको छ,’ डीएसपी जैसवालले भने, ‘घाइते सबैको स्थानीय अस्पतालमै उपचार भइरहेको छ। घटनास्थल महोत्तरीको सीमा क्षेत्रबाट झण्डै एकसय किलोमिटर टाढा पर्छ।’

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ निवासी ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दू देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका-२ घर भएका ५० वर्षीया मनतारन देवी र धनुषाको नगराइन नगरपालिका गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छिन्।

मृतक जस्प चालक सिराहाका भएको प्रहरीले जनाएको छ। ‘तर, अझैसम्म उनको परिचय खुलेको छैन। हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ,’ डीएसपी जैसवालले भने।

सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी र नातिनी आठ वर्षीया सृष्टि झा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

बालिका सृष्टि अर्चनाकी छोरी हुन्। गाडी चालकसहित मृतक पाँच जना चार परिवारका सदस्य हुन्।

आफन्त भित्रका तीन परिवारका सदस्य गाडी रिजर्भ गरेर एकसाथ कुम्भ स्नान गर्न गएका थिए। ‘कुम्भ स्नान गरेर फर्किने क्रममा तीव्र गतिको कारण गाडी दुर्घटना परेको स्थानीयले बताएका छन्,’ जैसवालले भने।

उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गरेर फर्किंरहेका नेपाली यात्रु सवार बी आर ३२ पी ए ४६६१ नम्बरको गाडी भातरको मुजफ्फपुरस्थित सदरथाना क्षेत्रको मादापुरमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको थियो।

दुर्घटनामा अन्य चारजना नेपाली घाइते भएका छन्।

Page Views: 73
संबन्धित शिर्षकहरु
ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama