Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

क्यान विभाजन विधेयक संसदमा, सेवाप्रदायक र नियामक छुट्टिँदै

- shuvadmin / सोमबार, माघ २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हवाई क्षेत्रको नियामक र सेवाप्रदायक छुट्याउने गरी सरकारले दुई विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ ।

हालको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन गरी फरक दुई निकाय बनाउने गरी विधेयक दर्ता गरिएको हो । सरकारले दोस्रो पटक विधेयक संसद्मा पुर्‍याएको हो ।

यसअघि २०७६ फागुनमा पनि विधेयक सङ्घीय संसद्को माथिल्लो सदनमा दर्ता गरी २०७९ असोजमा पारित भएको थियो । विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेका तर्फबाट नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक दर्ता भएको हो ।

लामो समयदेखि हवाई क्षेत्रमा नियामक र सेवाप्रदायक फरक हुनुपर्ने बहस भइरहेको छ तर झन्डै दशकदेखिको प्रयासमा कानुनी संरचना बन्न सकेको छैन् ।

अहिले नागरिक उड्डयन प्राधिकरणले नै नियामक र सेवाप्रदायकसम्बन्धी दुवै प्रकृतिका काम गर्दै आएको छ । विधेयक पारित र प्रमाणीकरण भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ खारेज हुने छ ।

सन् २००९ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को युनिभर्सल सेफ्टी अडिट प्रोग्रामले प्राधिकरणले गरिरहेको नियामक र सेवाप्रदायकको भूमिकामा प्रश्न उठाएको थियो ।

त्यसयता पनि निरन्तर उक्त सवाल उठाउँदै दुई फरक निकाय बनाउन सिफारिस गरेको थियो । पछिल्लो पटक सन् २०२२ मा भएको अडिटले सेवाप्रदायक र नियामक छुट्याउन सिफारिस भएको थियो ।

सेवाप्रदायक र नियामक एकै निकाय हुँदा स्वार्थको द्वन्द्वसमेत हुने भन्दै सरकारले पाँच वर्षअघि पनि विधेयक अघि बढाएको थियो ।

विभिन्न दबाबबिच राष्ट्रिय सभाले विधेयक पारित गरे पनि प्रतिनिधिसभाले लामो समय प्रक्रिया अघि बढाउन सकेन् ।

२०७९ असोज १ गते माथिल्लो सदनबाट पारित भएको विधेयक विचाराधीन अवस्थामा नै निष्क्रिय भएको हो ।

संसद्बाट नयाँ कानुन पारित भएमा आइकाओ र युरोपेली सङ्घको उडान सुरक्षा चासो सम्बोधन गर्ने पनि विश्वास गरिँदै आएको छ । लामो समयदेखि नेपाल युरोपेली सङ्घको कालो सूचीमा समेत छ ।

यस्ता छन् प्रावधान

प्रस्तावित विधेयक अनुसार नियामकको रूपमा प्राधिकरणले नै काम गर्ने छ । प्राधिकरणलाई सेवाप्रदायक संस्थालाई प्रमाणपत्र जारी गर्ने, नवीकरण गर्ने र प्रमाण निलम्बन तथा खारेज गर्ने अधिकार हुने छ ।

प्राधिकरण सञ्चालक समिति सदस्य विभागीय मन्त्री हुने व्यवस्था प्रस्तावित छ । दैनिक प्रशासनिक कामका लागि सरकारले कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणी सरहको कर्मचारीलाई नियुक्त गर्ने व्यवस्था छ ।

यस्तै विधेयकमा हवाई सेवालाई प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरण प्रस्ताव गरिएको छ ।

प्राधिकरणले सेवा प्रदानका क्षेत्रमा काम गर्ने छ । विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन तथा व्यवस्थापनको अधिकार प्राधिकरणलाई हुने छ ।

ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन, उडान तालिका र अनुमतिलगायतका अधिकार पनि सेवा प्राधिकरणलाई हुने छ ।

हवाई सेवा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष भने मन्त्रालयको सचिव हुने प्रस्ताव गरिएको छ ।

प्राधिकरणको प्रबन्ध निर्देशक खुला प्रतिस्पर्धाका आधारमा गर्ने प्रस्ताव सरकारले गरेको छ । प्रबन्ध निर्देशक थप एक कार्यकालका लागि पुनः नियुक्त हुने व्यवस्था पनि प्रस्तावित छ ।

विधेयकले प्रत्यायोजित विधायन अनुसार प्राधिकरणलाई नियम बनाउने क्षेत्र पनि तोक्ने प्रस्ताव गरेको छ ।

Page Views: 78
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama