Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पहिलो जीतको खोजीमा नेपाल, आज थाइल्याण्डसँग भिड्दै

- shuvadmin / मङ्गलबार, माघ २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग खेल्दैछ ।

नेपाल र थाइल्याण्डबीचको प्रतिस्पर्धा दिउँसो १२ः१५ देखि सुरु हुनेछ । जारी श्रृंखलामा नेपालले अहिलेसम्म जित हात पार्न सकेको छैन ।

हारमा ह्याट्रिक गरिसकेको नेपाली टिम मंगलबार जित्नैपर्ने दबाबमा हुनेछ । यदि सिरिज जित्ने सम्भावना कायमै राख्नु छ भने नेपालले मंगलबारको खेल आफ्नो पक्षमा पार्नैपर्ने समीकरण बनेको छ ।

यदि उक्त खेलमा पनि हार बेहोर्छ भने नेपाल दुई म्याचअगावै सिरिज जित्ने दौडबाट आउट हुनेछ ।

लगातार हार बेहोरेको नेपालले हालसम्म थाइल्याण्डविरुद्ध जित निकाल्न सकेको छैन । विगत प्रदर्शन हेर्दा थाइल्याण्डविरुद्ध नेपाल निरीह देखिन्छ ।

यद्यपि नेपालले जारी सिरिजमा भने थाइल्याण्डलाई कडा टक्कर दिएको छ । यस श्रृंखलाको भेटमा थाइल्याण्डविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै १ सय १ रन बनायो ।

त्यस खेलमा नेपालले फराकिलो हार बेहोर्नसक्ने धेरैको आकलन थियो । तर, १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्याण्डविरुद्ध नेपालले राम्रो बलिङ गर्यो ।

उक्त खेलमा नेपालले थाइल्याण्डलाई १९ ओभरसम्म टक्कर दिएको थियो । र, नेपाली चेलीहरूले थाइल्याण्डको ६ विकेट झारेका थिए ।

यदि सो खेलमा क्याच ड्रप नगरेको भए नेपालले खेल जित्ने सम्भावना बलियो थियो ।

नेपाल मंगलबार उक्त ४ विकेटको हारको बदला लिँदै थाइल्याण्डविरुद्ध पहिलो जित निकाल्ने दाउमा छ ।

नेपालले हालसम्म थाइल्याण्डसँग खेलिएका चारवटै म्याचमा पराजय बेहोरेको विगत छ । नेपाल अब भने त्यो हारको श्रृंखला तोड्न चाहन्छ ।

यस्तै, नेपालले जारी सिरिजमा नेदरल्याण्ड्ससँग लगातार दुई हार बेहोरेको छ । नेपालले नेदरल्याण्ड्ससँग पहिलो भेटमा २० तथा दोस्रो खेलमा १५ रनको हार बेहोर्‍यो ।

यी दुई टिमबीचको तेस्रो भेट बुधबार हुने तालिका छ । नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपालले बलिङमा उत्कृष्ट कमब्याक गरे पनि ब्याटिङमा राम्रो फिनिसिङ गर्न सकेन् ।

आइतबार भएको त्यस खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।

नेपालले सुरुवाती दुई ओभरमा बिनाविकेट २१ रन जोडेको थियो । त्यसपछि भने नेपालले निकै कमजोर ब्याटिङ गर्‍यो ।

बलिङमा भने नेपालले कमजोर सुरुवात गर्दा अन्तिममा राम्रो पुनरागमन गर्‍यो । नेदरल्याण्ड्सविरुद्ध अलराउन्डर सीता राना मगरले सानदार बलिङ गरिन् । त्यस खेलमा उनले ३ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् ।

टी–२० आईमा सीताको यो करियरकै उत्कृष्ट बलिङ हो । उनी नेपाली टिमकी सर्वाधिक अनुभवी खेलाडीमध्ये एक हुन् ।

चौथो खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । मंगलबार नेपालले रेवती धामीको स्थानमा राजमती ऐरीलाई मौका दिने सम्भावना रहेको हो ।

चौथो खेलमा नेपालको सम्भावित प्लेइङ–११ : ममता चौधरी, सम्झना खड्का, इन्दू बर्मा (कप्तान), सीता राना मगर, रुबिना क्षेत्री, पूजा महतो, विन्दू रावल, कविता जोशी, राजमति ऐरी, अलिसा यादव र मनीषा उपाध्याय ।

Page Views: 53
संबन्धित शिर्षकहरु
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama