Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

९ महिना युक्रेनमा थुनिएका तेह्रथुमका फुर्वा र दोलखाका शेर काठमाडौँ आउँदै

- shuvadmin / बिहिबार, माघ २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली युवा शुक्रबार काठमाडौँ आइपुग्ने भएका छन्। दलालको प्रलोभनमा परेर युक्रेन पुगेका दुई नेपालीलाई उद्धार गरी काठमाडौँ फर्काउन लागिएको हो।

तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई काठमाडौँ फर्काउन लागिएको हो। उनीहरू ९ महिना युक्रेनी सेनाको कब्जामा परेका थिए।

युक्रेनी सेनाले बुधबार माल्दोभामा छाडेका उनीहरूलाई गैरआवासीय नेपाली संघको सहयोगमा काठमाडौँ फर्काउन लागिएको हो।

संघका अध्यक्ष डा बद्रि केसीका अनुसार उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत माल्दोभाबाट नेपाल फर्काउने व्यवस्था गरिएको छ।

उनीहरू शुक्रबार दिउँसो काठमाडौँ आइपुग्नेछन्। भारतको नयाँदिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा उनीहरू युक्रेन पुगेका थिए।

मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थुनिन पुगे।

उद्धारमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष डाक्टर केसीले बताए।

Page Views: 63
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama