Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बहुमूल्य भन्दै नक्कली पत्थर विक्री गर्ने तीन ठग पक्राउ

- shuvadmin / शनिबार, माघ २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पोखरा, बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर भई हाल कास्कीको पोखरा १७ छोरेटापन बस्ने वर्ष ३१ की इन्दिरा विक, सोही ठाउँ बस्ने वर्ष ३६ का राजन विक र खोटाङको हलेसी नगरपालिका वडा नं।१ की वर्ष २७ की लक्ष्मी राईलाई प्रहरीले पक्राउ गरेको हो ।

तीन जनालाई जिल्ला अदालत कास्कीबाट शुक्रवार ठगीसम्बन्धी मुद्दामा दिन सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।

उनीहरूले पाँच करोड पर्ने बहुमूल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक पटक गरी तेह्र लाख पचास हजार ठगी गरेको भन्ने कुन्ती सुब्बा गुरुङले प्रहरीमा जाहेरी दिएका थिए ।

गुरुङको जाहेरीपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको कोठाबाट सेतो रङका पारदर्शी ढुङ्गा र विभिन्न बैकका एक लाखका चार चेक फेला पारेको छ ।

Page Views: 40
संबन्धित शिर्षकहरु
ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama