नारायणगढ, नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ ।
भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३(००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोल्सिमा खस्दा सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । चितवन मेडिकल कलेजमा घाइतेको उपचार भइरहेको छ ।
अहिले घटनास्थलमा प्रहरी र स्थानीय मिलेर उद्धारको कार्य जारी राखेको प्रहरीको भनाइ छ । बसमा २९ जना यात्रु सवार रहेका थिए ।
घाइते हुनेहरुमा जिल्ला दैलेख नौवुने गाउँपालिका बस्ने बर्ष ३० कि निशा शाही, बर्दिया मधुवन नगरपालिका ३ का वर्ष ४१ को सेतुबहादुर घर्ती मगर, बर्दिया बासगढी नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ३० कि गीता राउत ओली, बाँके राप्ती सुनारी गाउँपालिका ३ बस्ने वर्ष ३८ कि पार्वती राजकोटी, बर्दिया बासगढी नगरपालिका ८ बस्ने वर्ष ३९ को दिनेशबहादुर रिजाल, जिल्ला नुवाकोट पञ्चकन्या गाउँपालिका २ बस्ने वर्ष २३ कि रञ्जना महत्तो, बाँके नेपालगञ्ज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३१ को रामलखन चौधरी रहेका छन् ।
त्यस्तै, नुवाकोट विदुर नगरपालिका वडा नं ७ बस्ने वर्ष २८ कि प्रियना तामाङ, बाँके कोहलपुर नगरपालिका ५ बस्ने वर्ष ३८ को पूर्णबहादुर मल्ल, बाँके नगरपालिका ३ बस्ने वर्ष २५ कि पूजा कठायत, बाँके कोहलपुर नगरपालिका ४ मदनचोक बस्ने वर्ष ३४ की राधा शाही, बर्दिया बाँसगढी नगरपालिका पाँच बस्ने वर्ष ३१ को एमन राना, बाँके शमशेरगञ्ज गाउँपालिका ८ बस्ने वर्ष ३५ कि दिल कुमारी मगर, शमशेरगञ्ज बस्ने वर्ष १४ को अभिषेक मगर, शमसेरगञ्ज बस्ने वर्ष १२ कि अस्मी मगर छन् ।
यसै गरी बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष १७ को मनन बुढा क्षेत्री, कैलाली लुम्कीचुवा नगरपालिका ८ बचौली बस्ने वर्ष १८ को महेश कठायत, सुर्खेत वीरेन्द्र नगरपालिका ३ बस्ने वर्ष ३७ को रमेश चौधरी, बर्दिया नेपालगञ्ज उपमहानगरपालिका २ बस्ने वर्ष ३९ की रिता घर्ती, काठमाडौँ चन्द्रागिरि नगरपालिका ८ बस्ने वर्ष ५० को पारस पाण्डे, बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष २७ को राजनगिरी बसचालक, बाँके कोहलपुर नगरपालिका ११ बस्ने बर्ष ५१ को इन्द्रबहादुर थापा मगर र सल्यान वनघाट कुपिन्डे नगरपालिका ५ बस्ने बर्ष २५ को सुजन खत्री रहेको प्रहरीले जनाएको छ ।