Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, कार्तिक २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

- shuvadmin / आइतबार, माघ २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छिन् ।

शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकीयो जापानू को लागी इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन्।

प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिदै उनले शिर्ष उपाधी जित्न सफल भएकी थिइन् ।

हिमालयन मुभिज प्रोडक्सन हाउस द्वारा आयोजित सो कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी एवं सेकेन्ड रनरअप रेखा भट्टराइ हुन सफल भएका थिए।

करिव दर्जन प्रतियोगीहरुको एक महिना सम्मको सम्पूर्ण प्रशिक्षणको अभिभारा चर्चित अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाले वहन गरेकी थिइन् ।

प्रतियोगीहरु‌ले व्यक्तित्व विकाश बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याट्वाक, प्रस्तुतिकरण वैौद्धीक क्षमता बिकाश लगायतका विषयहरूमा प्रशिक्षण लिएका थिए।

कार्यक्रमको सुरु‌वाती चरणमा आर्कषक नृत्यबाट प्रतियोगीहरूले आरम्भ गरेको सो कार्यक्रममा क्रमश परिचयात्मक चरण, पोशाक प्रर्दशनी, टप सेभेन, टप फाइ‌ब, प्रनोत्तर चरण पार गर्दै क्राउनिङ चरणमा समापन भएको थियो भने मध्यान्तर‌मा कोरियोग्राफर सुब्बा आफैं विशेष राउण्डमा स्टेजमा उत्रिएकी थिइन् ।

कार्यक्रममा विविध सव टाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो जसमा शन्ध्या लामिछाने मोस्ट इन्टिलिजेन्ट, रेखा भट्टराई मोस्ट पपुलर र पब्लिक च्वाइसका साथै मोस्ट एट्राक्टिभ सर्वण जोशी बेस्ट ट्यालेन्ट, कल्पना बि क मोस्ट स्मार्ट, प्रिती खड्का बेस्ट फोटोजेनिक आकांक्षा गजमेर वेष्ट क्याटवाक, शर्मीला थापा मोस्ट डिलिजेन्ट, निर्मला चौधरी मोस्ट चार्मिङ, सीमा ढुंगाना मोस्ट प्यासोनेट र पेशल कुमारी खड्का मोस्ट कन्फिडेन्ट अर्वाड जित्न सफल भएका थिए

कार्यक्रमको निर्णायक मण्डलमा नायक एवं चलचित्रकर्मी रमेश उप्रेती, नायक मोडल मनिष राउत, मिस नेपाल आइडल २०१९ एवं भि.जे.निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे रहेका थिए। ।

कार्यक्रममा कलाकारहरुले आकर्षक नृत्य प्रस्तुती समेत गरेका थिए। विवाहित महिलाहरुको क्षमता, प्रतिभा प्रस्फुटन गराइ सामाजिक पहिचान बनाइ महिलाहरुको क्षमता प्रतिभामा बडोत्तरी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी गराएको छ।

Page Views: 263
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
ताजा अपडेट
  • अवरुद्ध पृथ्वीराजमार्गमा सवारी सञ्चालन
  • एनपिएलमा आज एक मात्र खेल हुने
  • आज तिहारकाे पाँचौँ दिन गोवर्धन, बली, गोरु र हलि पूजा गरी मनाइँदै
  • सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
  • गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा
  • गाईतिहार पर्व गाईकाे पूजा गरी मनाइँदै
  • आज एनपीएलको दुई खेल हुँदै
  • पृथ्वी राजमार्गमा सुक्खा पहिराे दुईतर्फी सडक अवरुद्ध

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama