Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यसै सातादेखि पाइप लाइनबाट पेट्रोल

- shuvadmin / सोमबार, माघ २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अमलेखगञ्ज, पाइप लाइनबाट पेट्रोल आयात यसै सातादेखि हुने भएको छ । यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेल आयात गर्न लागिएको हो ।

नेपाल आयल निगमले भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मटितेल ल्याउन लागेको हो ।

गत जनवरीदेखि नै पाइप लाइनबाट पेट्रोल ल्याउने भनिए पनि परीक्षणकै क्रममा रहेकाले ल्याउन ढिलाइ भएको निगमको मधेश प्रादेशिक कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले यसै सातादेखि पाइप लाइनबाट नियमित रूपमा पेट्रोल आयात गर्न लागिएको जानकारी दिए ।

“मोतीहारीदेखि पाइप लाइनबाट आयात गरिएको पेट्रोल अमलेखगन्जमा भण्डारण गरिन्छ,” अचार्यले भने, “अमलेखगन्जबाट पोखरा, जनकपुर र विराटनगरमा पेट्रोल आपूर्ति गरिन्छ ।”

पाइप लाइनबाट आयात गरिएको पेट्रोल भण्डारण गर्न तीन वटा ट्याङ्की निर्माण गरिएको छ ।

जसमा १७ हजार ४९० किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । बजारको आवश्यकता अनुसार पाइप लाइनबाट पेट्रोल आयात गरिने आचार्यले जानकारी दिए ।

हाल अमलेखगन्जबाट दैनिक पाँच सय किलोलिटर पेट्रोल खपत हुने गर्छ । कार्यालयले यसअघि पाइप लाइनबाट पेट्रोल आयात गरी सफल परीक्षण भएपछि नियमित रूपमा आयात गर्न लागेको हो ।

मोतीहारी अमलेखगन्ज पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणमा पाइप लाइनबाट पेट्रोल ल्याउन लागिएको हो ।

पाइप लाइनबाट बजार माग अनुसार दैनिक छ हजार किलोलिटर पेट्रोल आयात गरिने कार्यालयले जनाएको छ ।

निगमले २०७६ देखि पाइप लाइनमार्फत डिजेल आयात गरिरहेको छ । हाल पाइप लाइनबाट ल्याइएको डिजेल अमलेखगन्जमा भण्डारण गरी थानकोट, विराटनगर, जनकपुर, भैरहवा र पोखरामा वितरण भइरहेको छ ।

पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १.५० पैसा मूल्य ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।

हाल बरौनीबाट दैनिक १४ लाख लिटर पेट्रोल ट्याङ्रबाट आयात भइरहेको छ ।

पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँचदेखि छ करोड रुपियाँ र वार्षिक ६० देखि ७० करोड रुपियाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।

Page Views: 18
संबन्धित शिर्षकहरु
स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सर्वोच्च अदालत
भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
ताजा अपडेट
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सर्वोच्च अदालत
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama