Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाथीभरा केवलकार विरोधी समूहद्वारा नयाँ चरणको आन्दोलन घोषणा

- shuvadmin / सोमबार, माघ २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ताप्लेजुङको पाथिभारामा केवलकार निर्माणको विरोधमा उत्रिएको समूहले नयाँ चरणको आन्दोलन घोषणा गरेको छ ।

माघ २७ गते बेलुकीसम्म उच्च स्तरीय वार्ता समिति गठन गर्न अल्टिमेटम दिइएकोमा सरकार त्यसमा गम्भीर नदेखिएको आरोप आन्दोलनकारीहरुको छ ।

सरकार र आन्दोलनकारीबीच दुई चरणमा वार्ता भए पनि विनास्किर्ष टुंगिएको थियो । आन्दोलनकारी समूहले संघीय गृहमन्त्री नै वार्ता गर्न आउनुपर्ने अड्डी लिएका छन् ।

आन्दोलनकारी समूहबाट आज जारी विज्ञप्तिमा सरकार आफ्नो प्रतिवद्धताप्रति इमान्दार नभएको, वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको तथा निर्णायक वार्ता समिति बनाउन पनि अनिच्छुक देखिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्णायक उच्चस्तरीय वार्ता समिति नबनाई अल्मलाउने, थकाउने र लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाएर जसरी पनि केबलकार बनाउने मुडमा सरकार रहेको देखिएको हुँदा सडकमा जान वाध्य भएका छौं ।’

विज्ञप्तिमा माघ २९ गतेदेखि फागुन ९ गतेसम्मका लागि ७ वटा आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

आइएमइ समूह बहिष्कार गर्नेदेखि फुङलिङ नगरपालिका घेराउसम्मका कार्यक्रम राखिएका छन् । अनिश्चितकालीन यातायात बन्द र आमहड्तालको समेत घोषणा गरिएको छ ।

Page Views: 67
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama