Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजबाट एसईईको प्रश्नपत्र छपाइ शुरू

- shuvadmin / बिहिबार, फागुन ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, वर्षको एसईई परीक्षाको प्रश्नपत्रको छपाइ आज बिहीबारबाट शुरू भएको छ । करिब ५ लाख विद्यार्थीका लागि प्रश्नपत्र छपाइ गर्न लागिएको हो ।

गत वर्ष ५ लाख १६ हजार विद्यार्थी थिए, यो वर्ष गत वर्षभन्दा करिब १६ हजार कम अर्थात् करिब ५ लाख विद्यार्थीका लागि प्रश्नपत्र छपाइ गर्ने तयारी छ ।

प्रश्नपत्र छपाइ गर्न राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेलसहितको टोली बुधबार सानोठिमीस्थित जनकशिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा प्रवेश गरेको छ ।

सो टोलीले करिब ३ हप्तामा प्रश्नपत्र छपाइ र ढुवानी गरी फर्किने कार्यक्रम छ । यो वर्ष करिब ५० लाख थान प्रश्नपत्र छापिँदै छ ।

७२ जना सुरक्षाकर्मीको तीन तहको सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ । त्यसमा २७ जना नेपाली सेना, १५ जना नेपाल प्रहरीको र ३० जना सशस्त्र प्रहरी बलको टोली परिचालन भएको छ ।

सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन् । भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् ।

केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । सुरक्षा व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले गरेको छ ।

प्रश्नपत्र छाप्न केन्द्रको सुरक्षण मुद्रणालयमा प्रवेश गरेको टोली प्रश्नपत्र छपाइ र ढुवानी नभएसम्म मुद्रणालयमै बस्ने व्यवस्था मिलाएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रश्नपत्र छपाइ गर्न सबै तयारी पूरा भएर परीक्षा नियन्त्रकसहित सबै सुरक्षा निकायका अधिकारी गोप्य रूपमा मुद्रणालयमा बसिसकेको बताए ।

छाप्न सबै व्यवस्था केन्द्रले गर्नेछ । केन्द्रले कागज, मसी, मेसिन, औजार, उपकरण, छपाइ तथा प्याकिङ खामलगायत सबै सामान केन्द्रले व्यवस्था गर्नेछ ।

पनिकाले सातवटै प्रदेशमा फरकफरक सेटमा प्रश्नपत्र छपाइ हुनेछ । २५ दिनमा सक्ने गरी छपाइ शुरू भएको छ ।

छापेको प्रश्नपत्र सम्बन्धित केन्द्रमा पु¥याउनसमेत गरी करिब १ महिना लाग्नेछ । बोर्डले प्रदेशअनुसार फरकफरक सेटको प्रश्नपत्र छपाइ गर्ने जनाएको छ । बोर्डले फागुन मसान्तभित्र प्रश्नपत्र ढुवानी शुरू गर्नेछ ।

बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाउने छ । हरेक विषयको फरकफरक सेट प्रश्नपत्र छपाइ गर्नेछ ।

साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ । परीक्षामा साधारणतर्फ ६ र प्राविधिक धारतर्फ ६ अनिवार्य विषय छन् ।

बोर्डले प्रायः सबै विषयमा दुई सेट प्रश्नपत्र छाप्ने तयारी गरेको छ । ऐच्छिक पहिलोमा २४ र दोस्रोमा २३ विषय समावेश छन् ।

केन्द्रबाटै सबै जिल्लामा प्रश्नपत्र ढुवानी हुनेछ । शुरूमा दुर्गम त्यसपछि पहाड र अन्तिममा तराई तथा उपत्यकामा प्रश्नपत्र ढुवानी गर्ने तयारी भइरहेको जनाएको छ ।

यस वर्षको परीक्षा चैत ७ गतेबाट शुरू हुनेछ । तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । यस दिन गैर नेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुनेछ ।

चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ । परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

सुरक्षा समितिको बैठकले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुसासित रूपमा सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिएको छ ।

गृहमन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

समितिले परीक्षामा कुनै समस्या आए राष्ट्रिय परीक्षा बोर्डले समन्वय गर्ने उल्लेख छ ।

Page Views: 62
संबन्धित शिर्षकहरु
आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
ताजा अपडेट
  • आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
  • स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama