Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारसँग कुरा नमिलेपछि फेरियो जसपाको मुड, एक विधेयकमा असन्तुष्टि

- shuvadmin / बिहिबार, फागुन ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सरकारसँग कुरा नमिल्दा जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल ६ वटै अध्यादेशलाई समर्थन नगर्ने भएको छ ।

सरकारमा जान केही महत्वपूर्ण मन्त्रालयको बार्गेनिङ गरिरहेको जसपा तत्काल ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ समर्थन नगर्ने निर्णयमा पुगेको हो ।

स्रोतका अनुसार शिक्षा र स्वास्थ्य मन्त्रालयसहित मधेश प्रदेशको मुख्यमन्त्री नपाएपछि सरकारसँग जसपाको कुरा नमिलेको हो । यद्यपि उसले पाँचवटा विधेयलाई भने समर्थन गर्ने भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकमा जसपाले भूमिसम्बन्धी अध्यादेश सरकारी जग्गा व्यक्तिलाई बाँड्ने गरी ल्याइएकाले त्यस कुरामा समर्थन गर्न नसकिने निर्णय गरेको थियो ।

‘भूमिसम्बन्धी अध्यादेश दीर्घकालीनरूपमा मुलुकको हितमा छैन । त्यसले राष्ट्रलाई ठूलो क्षति पुर्‍याउँछ भन्ने ठहर गर्दै त्यसलाई स्वीकार गर्न सकिँदैन भन्ने बैठकले निर्णय गर्‍यो । यो भूमाफियाहरूको पक्षमा आएको छ ।

वास्तविक सुकुम्वासीलाई भन्दा बिचौलियाहरूलाई पोस्ने किसिमले ल्याइएको भन्ने जसपाको निर्णय छ,’ जसपाका प्रथम उपाध्यक्ष राजकिशोर यादवले भने ।

अध्यादेश ल्याउने प्रचलन गलत भएको उल्लेख गर्दै यादवले केही अध्यादेशमा भने ‘रिजर्भेसन’सहित मतदान गर्न सकिने बताए ।

अध्यादेशहरू ल्याउनु राम्रो होइन । तर, अत्यावश्यक भनेर ल्याइसकेपछि सरकारसँग वार्ता भयो भने ती अध्यादेशका पक्षमा मतदान गर्न सकिन्छ,’ यादवले भने ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

यस्तै, राष्ट्रपति पौडेलले २९ पुसमा थप चारवटा र २ माघमा अर्को एउटा अध्यादेश जारी गरे । सरकारले ल्याएका ती ६ वटै अध्यादेश गत शुक्रबार सदनका दुवै सभामा प्रस्तुत भइसकेका छन् ।

जसपा नेपालले मुख्यगरी भूमिसम्बन्धी अध्यादेशमा गरिएको व्यवस्थाप्रति आपत्ति जनाउँदै आएको छ ।

निकुञ्ज र वन क्षेत्रको जग्गासमेत व्यक्तिलाई दिन सकिने कानूनी व्यवस्था गरिएकाले उक्त अध्यादेशमा आशंका रहेको नेताहरूले बताएका छन् ।

अध्यादेशमा घरजग्गाको कारोबारदेखि अपार्टमेन्ट, हाउजिङलगायत विषयसमेत जोडिएकाले सार्वजनिक चासोसमेत छ ।

जसपाका एक नेताले भने, ‘अध्यादेशबाट देश चलाउनु हुँदैन भन्ने पार्टीको मत हो । हाम्रो पार्टीसँग सल्लाह गरेर अध्यादेश ल्याइएको पनि होन् ।

यसरी अध्यादेश ल्याउने प्रवृत्तिलाई बढावा दिनु हुँदैन । सरकारले नगरी नहुने कामका लागि मात्र संविधानमा अध्यादेश ल्याउने व्यवस्था गरिएको हो ।’

जसपा नेपालको संसदीय दलले भूमिसम्बन्धी अध्यादेश ‘स्वीकृत गरियोस्’ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्नका लागि प्रतिनिधि र राष्ट्रियसभामा रहेका सांसदलाई ‘ह्विप’ लगाउने निर्णय पनि गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्रसमेत नतोकी बिक्रीवितरण गर्न अध्यादेश ल्याइएको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै उक्त अध्यादेशप्रति गम्भीर असहमति र विरोध रहेको उल्लेख गरेका छन् ।

‘राष्ट्रिय वन जंगल अतिक्रमण गरी, फँडानी गरी अवैध रूपमा बसोबास गर्ने व्यक्तिहरूलाई बाँड्नेलगायतका कार्यबाट वन विनाश भई पर्यावरण र जैविक विविधता नष्ट हुन सक्छ,’ यादवले विज्ञप्तिमा भनेका छन्, ‘आन्तरिक बसाइँसराइ तथा आप्रवासनमा अत्यधिक वृद्धिका कारण भविष्यमा आन्तरिक द्वन्द्वको सिर्जना भई मुलुकलाई नै छिन्नभिन्न पार्ने खेल हुने सम्भावना छ ।’ अध्यादेशकै कारण तराईरमधेश मरुभूमि बन्ने अध्यक्ष यादवको भनाइ छ ।

जसपाको विकल्पमा सरकार

जसपाले भूमिसम्बन्धी अध्यादेश नदिने देखेपछि सत्ता गठबन्धनलाई समस्या भएको छ । सत्तारुढ दल एमाले र कांग्रेसले जसपाको विकल्प खोज्नसक्ने जनाइरहेको छ ।

एक कांग्रेस नेताले भने, ‘उहाँहरू सत्ता पक्ष हो । अन्य अध्यादेशमा समर्थन गर्ने अनि भूमि अध्यादेश अस्वीकार गर्ने भन्ने सुनिएको छ ।

जसपा नेपालको निर्णयकै कारण अध्यादेश स्वीकृत हुँदैन भन्ने होइन । अन्य विकल्प पनि छन्, सरकारले अरू पार्टीसँग पनि कुरा गरिरहेको छ ।’

अध्यादेशका सम्बन्धमा जसपा नेपालले निर्णय गरेपछि मंगलबार साँझ सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बसेको थियो ।

बैठकमा अध्यादेशका सम्बन्धमा तीनवटा विकल्पमा छलफल भएको एक नेताले जानकारी दिए ।

उनका अनुसार सबै अध्यादेशलाई हाल यथावत् राख्ने, जस्ताकोतस्तै स्विकृतिका लागि संसदीय प्रक्रियामा लैजाने वा अध्यादेश फिर्ता गर्ने भन्ने विकल्पमा छलफल भएको थियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत पुर्‍याउन ३० सिट अनिवार्य हुन्छ । राष्ट्रियसभामा कांग्रेसका १६ र एमालेका १० सांसद छन् ।

त्यसबाहेक मनोनीत एमालेकै नेतृ अञ्जन शाक्य र वामदेव गौतमसहित गर्दा एमालेसँग १२ सिट पुग्छ ।

यसरी कांग्रेस र एमाले जोडेर २८ सिट हुन्छ । सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी लोसपासँग भएको एक सिट जोड्दा सत्ता पक्षसँग राष्ट्रिय सभामा २९ सिट मात्रै हुन्छ ।

विपक्षमा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी ८ र राष्ट्रिय जनमोर्चा एक गरेर २६ जना सांसद छन् ।

जसपा नेपालसँग तीनजना सांसद छन् । यदि जसपाका सांसद अध्यादेश अस्वीकृत गर्ने पक्षमा खुले विपक्षमा रहेका सांसदको संख्या पनि २९ पुग्छ ।

सत्ता र विपक्षी दुवैसँग बराबरी अर्थात् २९/२९ जना सांसद भएको अवस्थामा राष्ट्रियसभा अध्यक्षले निर्णायक मत दिन पाउँछन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल छन् । जो माओवादी केन्द्रको कोटाबाट राष्ट्रियसभा अध्यक्ष भएका थिए ।

यसरी अंक गणित हेर्दा राष्ट्रियसभाबाट भूमिसम्बन्धी विधेयक पारित गराउन सरकारलाई अप्ठ्यारो परेको छ ।

Page Views: 30
संबन्धित शिर्षकहरु
‘एक्सक्युज दियौँ, अवसर खोसियो’
नेपाली कांग्रेस : नेतृत्वको दूरदर्शिता र देउवाको हठबीच अल्झिएको इतिहास
आजको सुर्योदय पछि हुनसक्छ नेपाली काँग्रेसले पुनः इतिहासको गाथालाई स्मरण गर्नेछ
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama