
काठमाडौं । एशिया प्रशान्त सुरक्षा संघ नेपाल (आप्सा नेपाल)ले आगो तथा इलेक्ट्रोनिक सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी आयोजना गर्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलनमा आप्सा नेपालले यही चैत्र २४ र २५ गते दरबार मार्गमा रहेको होटल याक एण्ड यतिमा सम्मेलन तथा प्रदर्शनी सम्मेलन गर्न लागेको जनाएको छ ।

नेपालका अनुसार आगलागीको समस्या सामना गर्न समूदाय स्तरमा थप सचेतना र नविन समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ उक्त सम्मेलको आयोजना गर्न लागिएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ ,‘आगलागीको समस्या नेपालको प्रमुख चुनौतीहरू मध्ये एक हुन् । हरेक वर्ष आगलागीका घटनाहरूले जनधनको ठूलो क्षति पुर्याउँदै आएको, जसको सामना गर्नका लागि सरकार तथा स्थानीय तहले गरेका प्रयास प्रभावकारी भएपनि समुदाय स्तरमा थप सचेतना र समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ यस सम्मेलको आयोजना गरिएको छ ।’
अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी ज्ञान, प्रविधि, सूचना, विचार, समाधानको आदान प्रदानका लागि सबै सुरक्षाकर्मी, सम्बन्धित कर्मचारीहरूलाई एउटै छानामुनि ल्याएर अन्तरक्रिया गर्ने उद्देश्य सम्मेलनको छ ।

सम्मलेनमा सरकारी अधिकारी र निजी कम्पनीहरूको ध्यानाकर्षण गर्ने र दैनिक सञ्चालनमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षाबारे सचेत गराउने,अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा व्यवस्थापनमा नियामक अनुपालन, मापदण्डहरू, र उत्कृष्ट अभ्यासहरू छलफल गर्न फोरम, अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा प्रविधिहरू र समाधानहरू अन्वेषण गर्ने, अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उद्योगमा प्रमुख चुनौती र अवसरहरू सम्बोधन गर्ने, स्थानीय समुदायहरूमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उपायहरू र रोकथाम रणनीतिहरूबारे चेतना जगाउने लगायतका उद्देश्य राखेर सम्मेलन गर्न लागेको आप्साले बताएको छ ।
यस्तै, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय निकाय, उद्योगी नेता तथा आगलागी इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूको सहभागिता रहने आप्सा नेपालले जनाएको छ ।
सम्मेलनमा १४ देशका विज्ञहरुको रहने जनाएको छ । जसमा चीन, हङकङ, इन्डोनेसिया, भारत, पाकिस्तान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड र भियतनाम छन् ।
