Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

१९ औँ शताब्दीमा लोप भएको चरा चितवनमा भेटियो

- shuvadmin / मङ्गलबार, फागुन २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वराहक्षेत्र, नेपालबाट लोप भएको भनिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ ।

१९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको हो ।

नेपाल बाट लोप भएको सूचीमा राखिएको झाडीफिस्टो चरा भेटिएसँगै लोप भएको सूचीबाट हटाइएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताए ।

उनका अनुसार खैरो झाडीफिस्टो चरा नेपाल बाटै लोप भएको आशङ्का गरिएको थियो ।

चितवनको भरतपुर महानगरपालिका स्थित दिव्यनगरको खेतबारीमा चराविद् प्रताप गुरुङले झाडीफिस्टो चराको अभिलेख गरेका छन् ।

चराविद् गुरुङले गत मङ्सिर २३ गते चरा अवलोकन गर्ने क्रममा दिउँसो १२ बजेर ९ मिनेटमा खैरो झाडीफिस्टो चराको अभिलेख गरेको नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले बताए ।

उनको अनुसार नेपालमा नौ सय प्रजातिका चरा रेकर्ड भएको छ ।

चराविद् गुरुङले अवलोकनको क्रममा नौलो लागेपछि उनले चराको तस्बिर खिचेर प्रारम्भिक पहिचान गरेका थिए ।

नौलो देखिएको चराको यकिन पुष्टयाँईका लागि गुरुङले नेपाल वर्ड रेकर्ड कमिटीमा विवरण र तस्बिर पठाएका थिए ।

प्राप्त विवरणको आधारमा अध्ययन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्हरूको राय सुझाव प्राप्त भएपछि मात्रै खैरो झाडीफिस्टो चरा भेटिएको पुष्टि भएको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ ।

पाससेरफरमर वर्गको लोसुचुडे परिवारमा पर्ने यो चरा भुटान, चीन, भारत, म्यानमार, भियतनाम र थाइल्यान्डमा आवासीय रूपमा पाइने डाक्टर सुवेदीले बताए ।

नेपालमा १९ औ शताब्दीको अभिलेख बाहेक अहिलेसम्म यस चराको अभिलेख नरहेकाले यस चरालाई नेपालबाट लोप भएको सूचिमा राखिएको थियो ।

Page Views: 56
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama