Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वन्यजन्तुको आक्रमणबाट ८ महिनामा ५ जनाको मृत्यु, ६ जना घाइते

- shuvadmin / बुधबार, फागुन २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नवलपुर, वन्यजन्तुको आक्रमणमा परेर नवलपुरमा चालू आर्थिक वर्षको ८ महिनामा ५ जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन्।

चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्य जन्तुको आक्रमणबाट ८ महिनाको अवधिमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिनुभयो।

८ महिनाको अवधिमा विनयी त्रिवेणी–१ का जीतबहादुर थिंग, कावासोती ७ का शुकबहादुर बोटे, मध्यविन्दु ६ का नाथुराम महतो र देवचुली १ की राममाया सोतीको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको हो।

४ जनामध्ये विनयी त्रिवेणी–१ का थिंगको बाघको आक्रमणबाट मृत्यु भएको हो भने अन्य ३ जनाको गैँडाले आक्रमण गर्दा मृत्यु भएको सूचना अधिकारी थापाले बताए ।

गैँडाले आक्रमण गर्दा मध्यविन्दुका सर्वजीत मगर, टिकी कुमाल, कावासोतीका निरन्जन महतो र देवचुलीकी कुमारी आलेमगर घाइते भएका छन् ।

यो अवधिमा डिभिजन वन कार्यालयको सेवा क्षेत्र अर्थात् निकुञ्ज र मध्यवर्ती क्षेत्र बाहिर एक जनाको मृत्यु र दुई जना घाइते भए ।

डिभिजन वन कार्यालयका अधिकृत शिशिर लम्सालका अनुसार गैँडाले आक्रमणण गर्दा दोलखाका कृष्णप्रसाद दाहालको मृत्यु भएको थियो भने गैंडाकै आक्रमणबाट दोलखाकै प्रदीप न्यौपाने र गैंडाकोटका नेप्टेबहादुर कुमाल घाइते भएका हुन् ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जङ्गली जनावरको आक्रमणका कारण अकालमा मृत्यु हुने गरेको छ।

निकुञ्ज, मध्यवर्ती, डिभिजन वन कार्यालयले वन क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, पानी व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्नुपर्ने भएपनि पर्याप्त बजेट अभावका कारण काम हुन नसकेको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी थापाले बताए ।

घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रवेश गर्दा जनावरले आक्रमण गर्ने गरेको छ।

सरोकारवाला निकाय निकुञ्ज, डिभिजन वन तथ मध्यवर्ती उपभोक्ता समितिले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको भए पनि त्यो पर्याप्त हुन सकेको छैन्।

Page Views: 59
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama