Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुपारी प्रशोधन सुरु, निर्यात रोकिँदा किसानलाई चिन्ता

- shuvadmin / बिहिबार, फागुन २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, कोशी प्रदेशका सुपारी उत्पादक किसानले यस वर्षको उत्पादन प्रशोधन गर्न थालेका छन् ।

बोटमा सुपारी तयार हुँदै गएका कारण किसानले प्रशोधनको काम थालेका हुन् । सुपारी प्रशोधनको काम सुरु गरेका किसान भने उत्पादित सुपारी कसरी बेच्ने भन्ने चिन्तामा परेका छन् ।

नेपालमा उत्पादित सुपारीको मुख्य बजार भारत हो तर विगत दुई वर्षदेखि भारततर्फ सुपारी निर्यात भइरहेको छैन् ।

नेपाल सरकारकै निर्णयका कारण नेपाली सुपारी भारततर्फ निर्यात हुन छाडेको हो । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले नेपालमा उत्पादित सुपारीको डीएनए (आनुवांशिक) परीक्षण गरेर मात्र निर्यात गर्न निर्देशन गरेपछि २०७९ सालदेखि सुपारी निर्यात भएको छैन् ।

भारततर्फ सुपारी निर्यात बन्द हुँदा २०८० सालमा उत्पादन भएको सुपारी झन्डै आधाजति बिक्री भएको छैन भने २०८१ सालमा फलेको सुपारी जस्ताको त्यस्तै छ ।

फेरि नयाँ सुपारी उत्पादन हुन थालेको छ । दुई वर्षको बाली बेच्न नपाएका किसानलाई नयाँ फसल कसरी बेच्ने भन्ने चिन्ताले सताउन थालेको हो ।

“अघिल्लो वर्ष उत्पादन भएको सुपारी नै बिक्री नभएर निराश भएका किसानलाई यस वर्षको उत्पादन कसरी बेच्ने भन्ने चिन्ता बढेको छ,” सुपारी उत्पादक किसान सङ्घका अध्यक्ष नीलकण्ठ तिवारीले भने, “सरकारले किसानको समस्या सुनेन, हामी कराउँदा कराउँदा थाकिसक्यौँ ।”

कोशी प्रदेशसभाको बैठकमा सांसद रमेशकुमार बस्नेतले नेपाली किसानले उत्पादन गरेको सुपारी निर्यात हुन नसकेको भन्दै तुरुन्त निर्यात खुला गर्न सरकारसँग आग्रह गरे ।

स्वदेशमा उत्पादित सुपारी बिक्री नभइरहेका बेलामा सरकारले विदेशबाट सुपारी आयात गर्ने निर्णय गरेका कारण यहाँका किसानहरूले उत्पादन गरेको सुपारी बिक्री नहुने जोखिम झन् बढेको उनले बताए ।

कोशी प्रदेशको इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा व्यावसायिक सुपारी खेती हुने गरेको छ । विगतमा किसानलाई सुपारी बिक्री गर्न कुनै समस्या थिएन् ।

व्यापारीहरू किसानको खेतमै पुगेर सुपारी खरिद गर्दथे । यतिबेला किसानको खेतमा न्यून सङ्ख्यामा मात्र व्यापारी पुग्ने गरेको अध्यक्ष तिवारीले जानकारी दिए ।

“साना व्यापारीहरू अलिअलि गइरहेका छन्, बजार सुनिश्चित नभएपछि किसानहरूलाई बाली टिप्न, प्रशोधन गर्न र बिक्री गर्न नै ठुलो समस्या भइरहेको छ,” उनले भने ।

सङ्घका अनुसार कोशी प्रदेशको चार हजार १११ हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको छ ।

गत वर्षको तथ्याङ्क अनुसार १४ हजार ६१७ मेट्रिक टन सुपारी उत्पादन भएको थियो ।

सुपारी उत्पादन विगत केही वर्षयता निरन्तर बढिरहेको छ भने चार पाँच वर्षयता सुपारी रोपण पनि अधिक बढेकाले दुई वर्षपछिदेखि उत्पादनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।

सङ्घका अध्यक्ष तिवारीले भन्नुभयो, “दुई वर्षपछि नै उत्पादन बढेर झन्डै २० हजार मेट्रिक टन पुग्छ भने पाँच वर्षभित्रमै उत्पादन दोब्बर हुने देखिन्छ ।”

नेपालले करिब नौ अर्ब रुपियाँ बराबरको सुपारी निर्यात गर्ने गरेको र यो चियापछि निर्यात हुने दोस्रो ठुलो कृषि उत्पादन भएको तिवारीले जानकारी दिए ।

निर्यात खोल्न दबाब दिँदा आयात खोलियो

भारततर्फ निकासी गर्न रोकिएको सुपारीको निर्यात खोल्न सङ्घले निरन्तर प्रयत्न गरिरहेको जनाएको छ ।

सरकारका विभिन्न निकायमा दुई दर्जनभन्दा बढी पत्राचारहरू गरेर निर्यात खुला गर्न दबाब दिइएको थियो ।

अध्यक्ष तिवारीले भने , “प्रधानमन्त्रीलाई मात्र तीन वटा, सभामुखलाई कम्तीमा १० वटा र सरकारका विभिन्न निकायमा १२ वटा पत्र बुझाएर पहल ग¥यौँ ।

तर, कतैबाट काम भएन उल्टै यतिबेला सरकारले आयात खुला गर्ने निर्णय लियो ।”

डिएनए परीक्षणको काम सुरु नै भएन

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले २०७९ साउन १३ गते नेपालमा उत्पादित सुपारीको डीएनए (आनुवांशिक) परीक्षण गरेर मात्र निर्यात गर्न सरकारलाई निर्देशन दिएपछि सुपारीको निर्यात रोकिएको हो ।

त्यसका लागि सरकारले डीएनए परीक्षण गर्ने प्रक्रियाका लागि तयारी गर्नुपर्ने थियो । तर, तीन वर्ष हुन लाग्दासमेत सरकारले डिएनए परीक्षणको कुनै प्रक्रिया अगाडि बढाएको छैन् ।

सरकारले निर्यात खोल्नेतर्फ कुनै निर्णय नगरी आयात खोल्ने निर्णय लिएपछि सङ्घले असन्तुष्टि जनाएको छ ।

तर, विरोधमा कुनै धारणा सार्वजनिक गरेको छैन । अध्यक्ष तिवारीले भने, “हाम्रो सबै जाँगर मरेर आएको छ, दर्जनौँ पत्राचार, भेटघाट आदिबाट त कुनै उपलब्धि भएन विज्ञप्तिको विरोधलाई कसले सुन्ला र ! त्यसैले चुपचाप बसेका छौँ ।”

Page Views: 37
संबन्धित शिर्षकहरु
ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama