Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, जेठ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानमन्त्री ओलीले गरे नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन

- shuvadmin / बिहिबार, फागुन २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

महोत्तरी, प्रधानमन्त्री केपी ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको बिहीबार उद्घाटन गरेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने बताए ।

उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकाले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने जनाए ।

उनले भने , ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन। सहकार्यका माध्यमबाट युवाहरूले आपको खेती विकास गर्न सक्छन्। यसमा प्रदेश सरकारहरु पनि अघि सरुन्।’’

आइएमई ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भएर आयात कम गर्न सहयोग पुग्नेछ।

यस उद्योगले करिब तीन सयको रोजगारी दिनेछ। नेपालमा वार्षिक करिब डेड लाख मेट्रिक टन कागज खपत हुने गरेको छ।

Page Views: 50
संबन्धित शिर्षकहरु
स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
ताजा अपडेट
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
  • गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
  • ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
  • कुक फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
  • आमाको नामबाट चार महिनामा २०९ जनालाइ नागरिकता
  • गाउँपालिकाद्वारा विद्यार्थीलाई ल्यापटप सहित सम्मान
  • देशभरिका अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट घोषित

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama