Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अबको अभियान अर्थपूर्ण सहभागिता

- shuvadmin / शनिबार, फागुन २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः

यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः’

“जहाँ स्त्रीको पूजा हुन्छ, त्यहाँ देवताको बास हुन्छ । जहाँ स्त्रीको पूजा हुँदैन वा सम्मान हुँदैन, त्यहाँ गरिएका सम्पूर्ण असल कर्म पनि निष्फल हुन्छन्,” भनिए जस्तै वास्तवमै नेपाली महिला आन्दोलन सफलताको नवीन अध्यायतर्फ उन्मुख छ, जसले समानता र समतामूलक समाज निर्माण गरी आर्थिक समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ प्रेरणादायी अग्रसरता लिइरहेको छ । यही परिवेशमा आज ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ ।

नेपाली राजनीतिक आन्दोलन, सामाजिक रूपान्तरण र आर्थिक समुन्नतिका चरणबद्ध क्रान्तिमा ‘आधा आकाश ढाकेका’ महिलाको समान र सङ्घर्षपूर्ण सहभागितासँगै देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भयो ।

गणतन्त्र स्थापनासँगै महिला आन्दोलनले नयाँ उचाइ लियो । नेपाली महिला आन्दोलनले संविधानतः राज्यका तीन वटै तहमा ३३ प्रतिशत सहभागिता सुनिश्चित ग(यो ।

अब ‘निर्णायक भूमिका, अर्थपूर्ण सहभागिता’ को अठोटका साथ राष्ट्रको समृद्धि, समुन्नति र आर्थिक विकासमा महिला आन्दोलन अघि बढ्दै छ ।

राज्य सञ्चालनको सर्वोच्च निकाय मन्त्रीपरिषद्मा पहिलो पटक विसं २०१५ को आमनिर्वाचनमा निर्वाचित भएर २०१६ जेठ १३ गते उपमन्त्री र त्यही वर्ष असार १८ गते सहायकमन्त्री हुनुभएकी द्वारिकादेवी ठकुरानीबाट प्रारम्भ भएको सत्ता सञ्चालनको सहभागिता सात दशकपछि सङ्घीय सरकार, प्रदेश सरकार र देशभरिका स्थानीय तहमा सङ्ख्यात्मकसँगै गुणात्मक नेतृत्वका रूपमा विकास भएको छ ।

देशको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्की, पहिलो सभामुख ओनसरी घर्तीदेखि राजनीतिकसँगै सामाजिक, आर्थिक क्षेत्र, निजामती सेवादेखि हरेक क्षेत्रको नेतृत्वमा महिला पुग्नुभएको छ । यद्यपि प्रथा, परम्परा, गरिबीजनित अवस्थाले बहुसङ्ख्यक नेपाली महिलाको अवस्था कमजोर छ ।

श्रमिक महिलाको ज्याला उचित मूल्याङ्कित छैन् ।

राजनीतिक आन्दोलनमा चार दशकभन्दा बढी समयदेखि सव्रिय नेतृहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र पहिलो सभामुख एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीमगरले संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि अबको अभियान निर्णायक भूमिका र अर्थपूर्ण सहभागितामा केन्द्रित भएको बताए ।

कांग्रेस सहमहामन्त्री उपाध्यायले भने , “राज्यका तीन वटै संरचनालाई सहभागिता सुनिश्चित भएको छ ।

अरू तहमा पनि संरचनागत रूपमा सहभागिता सुनिश्चित भएको छ । समानताका सन्दर्भमा हामी बराबरी हो मान्यता स्थापित हुँदै छ ।”

उनले यसलाई अझै पनि अर्थपूर्ण सहभागिता मान्न नसकिने बताए । उनले विद्यमान सामाजिक कुरीति, महिला हिंसा अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

उनले संविधानको कार्यान्वयन पक्षको समीक्षा गर्ने र कमजोरीका सन्दर्भमा बहसमार्फत निष्कर्षमा पुगेर अगाडि बढ्ने बताए ।

उनले भने , “अबको आन्दोलन निर्णायक भूमिकामा महिला सहभागिता र अर्थपूर्ण सहभागिताका लागि हो ।

महिला आन्दोलनले सकारात्मक सोच निर्माण गरी रूपान्तरण हासिल गर्नु पर्छ ।”

‘सामूहिक प्रयासबाटै अघि बढ्नु पर्छ’

एमाले उपाध्यक्ष शाक्यले समाज रूपान्तरण र देशको समृद्धि स्थापित गर्ने सन्दर्भमा महिला आन्दोलन अग्रसर हुनुपर्ने बताइन् ।

उनले सबै क्षेत्रमा रूपान्तरण गरी न्याय र समानतायुक्त नेपाल निर्माण गर्ने विश्वमा परिचित गराउने अठोट लिनुपर्ने बताए ।

उनले भने , “नेपाल जहिले पनि शोषण र उत्पीडनको देश होइन् । महिला अझै सशक्त हुनु पर्छ, महिलाको उपस्थिति प्रभावकारी हुनु पर्छ ।

आँट, साहसलाई प्राथमिकता दिनु पर्छ । यसका लागि महिलाकै बिचमा एकता चाहिन्छ । सामूहिक प्रयास हुनु पर्छ ।”

उनले महिला सङ्गठन धेरै भए पनि साझा भावना कमजोर हुँदा महिलाका कतिपय मुद्दा स्थापित नभएको बताए ।

उनले भने , “आआफ्नो पार्टी हेरेर महिलाका मुद्दा सम्बोधन हुँदैन् । उपलब्धि हासिल गर्न एकताबद्ध प्रयास हुनु पर्छ ।

महिला हिंसाको सिकार बन्नु हुँदैन् । महिला एकताबद्ध भएर आमरूपमा देखिएका समस्या समाधान गर्नु पर्छ ।”

पूर्वसभामुख घर्तीमगरले शोषण र विभेद अन्त्य भए पनि बराबरीको अधिकार स्थापित गर्नका लागि सङ्घर्ष अझै बाँकी रहेको बताइन् ।

उनले भनिन, “गणतन्त्रसम्म आइपुग्दा महिला मुक्तिका लागि हजारौँ वीराङ्गनाको गाथा हामीले बिर्सिनु हुँदैन् ।

संविधानमा ३३ प्रतिशत सहभागिता सुनिश्चित भएको छ । यसलाई कार्यान्वयन गर्दै महिलाबिच एकताका आधारमा सङ्घर्षमार्फत थप उपलब्धि

हासिल गर्नु पर्छ । राष्ट्रको समुन्नतिको अभिभारा सँगसँगै पूरा गर्नु पर्छ ।”

Page Views: 52
संबन्धित शिर्षकहरु
‘एक्सक्युज दियौँ, अवसर खोसियो’
नेपाली कांग्रेस : नेतृत्वको दूरदर्शिता र देउवाको हठबीच अल्झिएको इतिहास
आजको सुर्योदय पछि हुनसक्छ नेपाली काँग्रेसले पुनः इतिहासको गाथालाई स्मरण गर्नेछ
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama