Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मिथिला परिक्रमा सम्पन्न, जनकपुरधाममा शनिबार मात्रै होली मनाइने

- shuvadmin / शुक्रबार, फागुन ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, जनकपुरधामको अन्तगृह परिक्रमासँगै १५ दिवसीय मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ । लाखौंको सहभागितामा मिथिलाको धार्मिक यात्रा शुक्रबार बिहान सम्पन्न भएको हो ।

मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू जनकपुरधामको पवित्र भूमिलाई परिक्रमा गर्दै अन्तगृह परिक्रमामा सहभागी भएका हुन् ।

धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै सुरु भएको मिथिला मध्यमा परिक्रमा बिहीबार साँझ जनकपुरधाम फर्किएको थियो ।

फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा सर्वसाधारणले जनकपुरधामको १५ किलोमिटर वरिपरिको परिक्रमा घुमेर अन्तरगृह परिक्रमा गर्ने गर्दछन् ।

अन्तरगृह परिक्रमा गरेमा १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुने विश्वास गरिन्छ । यो यात्रा सकेर जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्वको विधिवत आरम्भ भएको मानिन्छ ।

अन्तगृह परिक्रमामा साधु सन्तहरूसमेत सहभागी हुने भएकोले जनकपुरधाम नगर क्षेत्रमा माछा–मासु बिक्रीमा प्रशासनले दुई दिनसम्म रोक लगाउने गर्छ ।

सोही कारण जनकपुरधाममा अन्तरगृह परिक्रमा भएको भोलिपल्ट मात्रै होली पर्व मनाउने परम्परा रहेको छ ।

यसर्थ मधेस प्रदेशका अधिकाङ्श जिल्लाहरूमा आज (शुक्रबार) नै होली मनाइए पनि जनकपुरधाम र यस वरिपरिको क्षेत्रमा शनिबार मात्रै यो पर्व मनाइने छ ।

Page Views: 82
संबन्धित शिर्षकहरु
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
ताजा अपडेट
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
  • सुनको मूल्य ३ लाख २० हजार नजिक
  • पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama